२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रतिष्ठानबाट प्रा.डा. किरण रेग्मीले दिइन राजीनामा

कर्णाली प्रतिष्ठानबाट प्रा.डा. किरण रेग्मीले दिइन राजीनामा


काठमाडौं–८ महिनाअघि प्राध्यापक भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गएकी अवकासप्राप्त स्वास्थ्य सचिव प्रा.डा. किरण रेग्मीले प्रतिष्ठानको प्राध्यापक पदबाट राजीनामा दिएकी छन् । ९ पुस २०७५ मा प्राध्यापक नियुक्त भएकी उनले साउन २१ गते मंगलबार उपकुलपति प्रा.डा. राजेन्द्र बाग्लेलाइ राजीनामा बुझाएकी हुन् ।

यद्यपी, उनको राजीनामा भने स्वीकृत भइनसकेको प्रतिष्ठान स्रोतले जनाएको छ । उपकुलपति वाग्लेले प्रा.डा. रेग्मीले राजीनामा दिएको पुष्टि गरे । ‘उहाँको राजीनामा आएको छ,’ उनले भने, ‘अहिले प्राध्यापनमा एकदमै कम जनशक्ति छ, उहाँले किन राजीनामा दिनुभएको हो, उहाँका असन्तुष्टीहरु हामी सम्बोधन गर्ने प्रयास गर्छौ ।’ उनले प्रा.डा. रेग्मी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक रहेको बताए ।

स्रोतका अनुसार प्रा.डा. रेग्मीले आफूलाई प्रतिष्ठानका पदाधिकारीहरुले ‘ह्युमीलेट’ गरेको भन्दै केही समयदेखि आफू निकटस्थसँग गुनासो गर्दै आएकी थिइन् । ‘म जुन सोचले त्यहाँ गएकी थिएँ, त्यहाँ त्यो सम्मान पाउन सकिन भन्नु हुन्थ्यो,’ प्रा.डा. रेग्मी निकट स्रोतले भन्यो, ‘सचिव भैसकेको मान्छे अरुको अन्डरमा वसेर काम गर्न अप्ठ्यारो भएजस्तो लाग्छ ।’ विशेषगरी प्रतिष्ठानले आवासलगायतका सुविधाहरु उपलब्ध नगराएको विषयमा पनि उनले पटक—पटक गुनासो राखेकी थिइन् ।

उपकुलपति प्रा.डा. वाग्लेको जोडबलमा कर्णाली गएकी डा. रेग्मीसँग प्रतिष्ठानका केही पदाधिकारीहरु अधिकांश समय काठमाडौं बसेको भन्दै असन्तुष्ट रहेका थिए । असन्तुष्ट रहेका पदाधिकारीले खुलेरै डा. रेग्मीको विरोध गरेका कारण उनले राजीनामा दिएको स्रोतको दाबी छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ