२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअनशनरत डा. केसीको मागप्रति उपप्रमुख बुढाको एक्यवद्धता

अनशनरत डा. केसीको मागप्रति उपप्रमुख बुढाको एक्यवद्धता


जुम्ला – जिल्ला समन्वय समिती जुम्लाको उपप्रमुख कार्मा बुढाले अनशनरत डा. गोविन्द केसीका मागप्रति समर्थनसहित एक्यवद्धता जनाएका छन् । डा. केसीको   माग जनमुखी भएकाले एक्यवद्धता जनाएको उनले बताए ।

उनले भने, ‘डा. केसी एक सन्त व्यक्ति हुन् । उनको न घर छ, न परिवार नै । उनले आफ्नो घर बनाई देउ, आफ्नो भाई भारादारलाई आजीवन राज्यको सेवा भोक गर्ने अधिकार माग्नु भएको होइन । नेपालका दुरदराजका नागरिकको पनि स्वास्थ्यमा पहुच हुनुपर्दछ भन्नु उनको पनि बेमाइनी होइन । आमनागरिकको स्वास्थ्यमा सहज पहुच होस भनेर लामो समयदेखि सरकारसँग माग गर्दै आएका हुन् ।’

डा. केसीको माग जाहेज रहेको र  सरकारले यथासिघ्र उनको माग सम्बोधन गर्न आवश्यक रहेको उनको भनाई छ ।

२९ भदौदेखि जुम्लामा अनशनरत डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नं. २ र गण्डकी प्रदश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ