२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभिजिट नेपाल ‘२०२०’ लाई डेंगुको चुनौती, स्वास्थ्यलाई दाताले भने, ‘डेंगुको प्रकोप कहिले नियन्त्रण हुन्छ’

भिजिट नेपाल ‘२०२०’ लाई डेंगुको चुनौती, स्वास्थ्यलाई दाताले भने, ‘डेंगुको प्रकोप कहिले नियन्त्रण हुन्छ’


काठमाडौं–सरकारले तय गरेको पर्यटन वर्ष अर्थात भिजिट   नेपाल ‘२०२०’लाई महामारीजन्य रोगको प्रकोपले चुनौती दिएको छ । सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको छ ।

तर, भ्रमण वर्ष सुरु हुन करिब चार महिना मात्रै बाँकी रहेका बेला नेपालमा डेंगुले प्रकोपको रुप लिएको छ । विश्वमा चुनौती बन्दै आएको डेंगु नेपालका ४३ जिल्लामा फैलिसकेको सरकारले जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेलले तीन तहको सरकारबीच समन्वय नहुँदा स्वास्थ्यमा गम्भीर समस्या देखिएको बताए ।

इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुको पछिल्लो अवस्थाका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उनले समयमै ध्यान नपु¥याए स्वास्थ्य गम्भीर अवस्थामा पुग्ने बताए ।

भिजिट २०२० लाई चुनौती

तीन महिनादेखि डेंगु नियन्त्रणमा लिने प्रयास भएपनि सम्भव नभएको इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेक लालले बताए । हामीले पर्यटन मन्त्रालयको विषयमा बोल्न मिल्दैन डा. विवेक लालले भने, ‘डेंगु देखापर्ने समय अझ आउँदैछ । यसले मानिसहरुलाई ठूलो चुनौती दिने देखिएको छ ।’

महानिर्देशक प्याकुरेलले पनि सरकारले मनाउँन लागेको भिजिट वर्ष २०२० लाई किटजन्य रोगको चुनौती देखिएको बताए । यो सरकारले नियन्त्रणमा लिनेभन्दा पनि घर परिवार आफै सचेत हुन जरुरी देखिएको छ । महाशाखाले असोज कार्तिक सम्म डेंगुले विकराल रुप लिने अनुमान गरेको छ ।

महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले स्वास्थ्यले मात्रै महामारीजन्य रोगको नियन्त्रण गर्न नसक्ने बताए । उनले तत्काल डेंगु नियन्त्रणमा लिन नसके भ्रमण वर्ष समस्यामा पर्ने भन्दै सो निकायलाई पनि सहयोगको आग्रह गरे । नेपालमा किटजन्य रोगले महामारीको रुप लिए अन्तर्राष्ट्रिय क्षेत्रबाट पर्यटकहरुको नेपाल आगमन रोकिन सक्नेछ । बिभिन्न देशका प्रतिनिधिले अहिले नेपालमा देखा परेको प्रकोपलाई गम्भीर रुपमा लिएको निर्देशक लालले बताए ।

दाताले भने डेंगु नियन्त्रणमा कहिले आउँछ ?

डेंगु नियन्त्रणबारे स्वास्थ्य मन्त्रालय समक्ष कुनै जवाफ नभएको अधिकारीहरुले बताए । डेंगु संक्रमण दर प्रत्येक दिन बढ्दो क्रममा रहेकाले नियन्त्रणबारे कुनै जवाफ नभएको महाशाखा प्रमुख डा.लालले बताए । भिजिट वर्ष नजिकिदै जाँदा दाताहरुले डेंगुको विषयमा गम्भीर चासो र चिन्ता व्यक्त गर्न थालेका छन् ।

नेपालको प्रमुख पर्यटकीय क्षेत्र पोखरा, कपिलवस्तु, काठमाडौ, सोलुखुम्बुलगायतका क्षेत्रमा पनि डेंगुले प्रकोपको रुप लिएको छ । त्यस्तै, नेपाल भित्र्ने नाका रहेका तराईका जिल्ला सुनसरी, झापा, मोरङ, बाँके, पर्सालगायतका जिल्लामा पनि डेंगु सरकारको नियन्त्रणभन्दा बाहिर गएको छ । ‘डेंगु फैलिएको सुनेको छौं,’ विदेशी संघसंस्थाको भनाइँ उदृत गर्दै डा लालले भने, ‘नियन्त्रणमा आएको छ वा छैन् । कहिलेसम्ममा नियन्त्रणमा आउन सक्ला उनीहरुले जिज्ञासा राखेका छन् ।’ सरकारले जुन क्षेत्रलाई पर्यटकीयस्थल भनेको छ सो ठाउँमा अहिले डेंगुको प्रकोप फैलिएको छ ।

उच्च पहाडी र हिमाली भेगमा बढ्दैं डेंगु

सन् २००४ मा पहिलो पटक एक विदेशी पर्यटकमार्फत नेपालमा डेंगु भित्रिएको थियो । तराईका जिल्लाबाट देखिएको उक्त डेंगु हाल उच्च हिमाली र पहाडी भेगमा पुगेको रोग नियन्त्रण महाशाखाले जनाएको छ । जलवायु परिवर्तनको असर नेपालमा पनि व्यापक परेको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म ३ हजार ४ सय २५ जनामा संक्रमण देखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ