२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश : थपिए १३१ संक्रमित, संक्रमितको संख्या ४६५१ पुग्यो

कर्णाली प्रदेश : थपिए १३१ संक्रमित, संक्रमितको संख्या ४६५१ पुग्यो


सुर्खेत – पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १३१ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार कर्णाली प्रदेश अस्पताल ⁄ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १२३ र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ८ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वाथ्य सेवा महाशाखाले जनाएको हो ।

कोरोना पुष्टि हुनेमध्ये सुर्खेतका सबैभन्दा धेरै १०७ जना, दैलेखका ३ जना, कालकिोटका ६, हुम्लाका २ जना, जुम्लाका ५ जना तथा अन्य प्रदेशका ८ जना रहेको सामाजिक विकास मन्त्रालय स्वाथ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ६ सय ५१ पुगेको छ ।

छिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ७९ छ । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको कुल संख्या ३५३१ पुगेको छ । कर्णालीमा हालसम्म कोरोना पुष्टि भएका मध्य ११ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ