२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यअक्सफोर्ड-एस्‍ट्राजेनेको भ्याक्सिन ७० प्रतिशत प्रभावकारी

अक्सफोर्ड-एस्‍ट्राजेनेको भ्याक्सिन ७० प्रतिशत प्रभावकारी


अक्सफोर्ड-एस्‍ट्राजेनेको भ्याक्सिनको तेश्रो चरणको ट्रायल सकिएको छ । तेश्रो चरणको परीक्षणबाट आफ्नो भ्याक्सिन  ७० प्रतिशतभन्दा बढी सफल भएको कम्पनीले दावी गरेको छ ।

अक्सफोर्ड यूनिभर्सिटीले सोमबार ट्वीट गर्दै ‘AZD1222’ भ्याक्सिन ७०. ४ प्रतिशत प्रभावकारी रहेको जानकारी दिएको हो।

सो ट्वीटमा भनिएको छ, ‘आज हामीले कोरोनाविरुद्धको लडाईको महत्वपूर्ण चरण पार गरेका छौँ। अन्तरिम डाटाद्वारा प्राप्त नतिजाअनुरुप अक्सफोर्डको खोप ७०. ४ प्रतिशत प्रभावकारी देखिएको हो।’

उक्त नतिजा एक ठुलो उपलब्धिको रुपमा देखिएको छ। तर उक्त भ्याक्सिन फाइजर र मोडर्नाद्वारा विकसित भएको भ्याक्सिनभन्दा पछाडी दिएको छ। सो दुई कम्पनीले कोरोना रोक्न ९५ प्रतिशत प्रभावकारी रहेको दावी गरेका छन्।

दुई कम्पनीको तुलनामा अक्सफोर्डको भ्याक्सिनको ट्रायलमा केहि प्रतिशत कमि आएपनि यसको मूल्य भने सस्तो रहेको छ। अन्य भ्याक्सिनको तूलनामा अक्सफोर्ड-एस्‍ट्राजेनेको भ्याक्सिन सस्तो हुनुको साथै स्टोर गर्न र प्राप्त गर्न निकै सरल हुने बताइएको छ । उक्त खोपले अनुमति पाएमा महामारीसँग लड्न महत्वपूर्ण भूमिका खेल्ने आशा धेरै देशमा जागेको छ।

नयाँ भ्याक्सिनको डोज सहि भएमा ९० प्रतिशतसम्म सुरक्षा बढ्ने अनुमान गर्न सकिने समेत कम्पनीले जनाएको छ। बेलायती सरकारले अक्सफोर्डको खोप १ करोड डोज पहिले नै मगाएको छ। जुन ५० लाख मानिसको लागि प्रयाप्त छ।

उक्त भ्याक्सिन १० महिनाको अवधिमा उत्पादन गरिएको हो।

-एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ