२०८१ जेठ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भ्याक्सिनको साइड इफेक्ट्सको जिम्मेवारी लिन तयार छैन फाइजर कम्पनी

कोरोना भ्याक्सिनको साइड इफेक्ट्सको जिम्मेवारी लिन तयार छैन फाइजर कम्पनी


ल्याटिन अमेरिका देश पेरु र कोरोना भ्याक्सिन तयार गर्ने अमेरिका कम्पनी फाइजरकोबीच खोपको खरिदबिक्रिलाई लिएर चलिरहेको छलफलमा गतिरोध पैदा भएको छ। गतिरोधको मुद्दा यस्तो छ जसलाई लिएर विश्वमा चिन्ता पैदा भैरहेको छ। पेरुले भने, ‘फाइजर कम्पनीले खोप बेच्नको लागि सम्झौता तयार गरेको छ। जसमा (वैधानिक उन्मुक्ति)को प्रावधानलाई पनि समावेश गरिएको थियो। यसको अनुसार यदि खोपको कुनै पनि साइड इफेक्ट्स भयो या यसको कारणबाट कसैको ज्यान गएमा त्यसको लागि फाइजर कम्पनीलाई कुनै कानुनी कारवाही गर्न सकिने छैन।

फाइजर कम्पनीको खोप आउनासाथ नै यस कम्पनीसँग भ्याक्सिनको खरिदविक्रीबारे कुराकानी सुरु भएको थियो। तर पेरुका स्वास्थ्यमन्त्री पिलार माजेतीले मंगलबार पेरु संसदमा भने, ‘फाइजरसँग गरिएको सम्झौतामा केहि बुँदामा हाम्रो सहमति छैन। यसको सम्बन्ध भ्याक्सिनको मूल्य र डेलिभरी शेड्युलसँग पनि छ। तर यसको सम्बन्ध कम्पनीकोतर्फबाट मागिएको केहि छुटसँग पनि छ। खासमा कम्पनी न्यायिक क्षेत्राधिकार सम्वन्धि इम्युनिटी मागिरहेका छन्।’

माजेती आफै एक फिजिशियन हुन्। पेरूमा लामो समय देखि स्वास्थ्य प्रशासनमा छन्। उनले भने, ‘यस्ता सम्झौता गोपनीय हुन्छ। यसकारण फाइजरसँग उठेका मतभेदबारे ज्यादा जानकारी दिने अवस्था छैन।’

गत नोबेम्बरमा फाइजरबाट एक करोड भ्याक्सिन किन्ने घोषणा भएको थियो। जब पेरु सरकारसँग यस सम्बन्धित सम्झौताको कपी कम्पनीले पठायो तब कुरा अड्किएको थियो। कयौं विशेषज्ञहरुअनुसार पेरुको कानुन अनुसार कुनै पनि कम्पनीलाई यस्ती इम्युनिटी दिन पाइनेछैन।

यता फाइजरले भने गत महिनामै स्पष्टरुपले कुनै पनि जिम्मेवारी नलिने बताएको थियो। फाइजरले भनेको थियो, ‘तपाई साइड इफेक्टबाट प्रभावित हुनु भयो भने तपाईको हो त्यो समस्या।’

फाइजरको खोपलाई कयौं देशमा अनुमति दिइएको छ। विश्व स्वास्थ्य संगठनले पनि उक्त भ्याक्सिनलाई अनुमति दिएको छ। तर केहि देशहरुमा उक्त खोप लगाउने दाताहरु गम्भीर साइडइफेक्ट पनि पाइएको खबर मिलेको छ।

-एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ