२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिममा १ सय ३ स्वयंसेवक स्वास्थ्यकर्मीको करार २ वर्ष थप (सूचीसहित)

सुदूरपश्चिममा १ सय ३ स्वयंसेवक स्वास्थ्यकर्मीको करार २ वर्ष थप (सूचीसहित)


काठमाडौं—सुदूरपश्चिम प्रदेश सरकारले १ सय ३ जना स्वयंसेवक स्वास्थ्यकर्मीको करार अवधि दुई वर्ष थप गरेको छ । शुक्रबार प्रदेशको सामाजिक विकास मन्त्रालयले सरकारले विभिन्न अस्पताल एवं स्वास्थ्य कार्यालयमा कार्यरत १ सय ३ जना स्वयंसेवक स्वास्थ्यकर्मीको म्याद थप गरेको हो ।

सुदूरपश्चिम प्रदेशमा स्वयंसेवक स्वास्थ्यकर्मीका रुपमा कार्यरत स्टाफ नर्स, ल्याब असिस्टेन्ट, प्रविधि अधिकृत, अ.हे.ब, वैद्य, अ.न.मी.को दुई वर्षको करार सम्झौता गत पुस मसान्तमा सकिएको थियो । करार सम्झौता थपिएपछि उनीहरुको करार दुई वर्ष थप गरिएको हो ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी गोविन्दप्रसाद पोखरेलले स्वयंसेवक स्वास्थ्यकर्मीको करार नियुक्ति भएको मितिले दुई वर्ष पुगेपछि थप दुई वर्ष लम्बाइएको बताए ।

सूची हेर्नोस


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ