२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकिन लाग्छ क्षयरोग ? के हो बच्ने उपाय ?

किन लाग्छ क्षयरोग ? के हो बच्ने उपाय ?


२४ मार्चको दिन ‘विश्व ट्यूबरक्लोसिस डे’को रुपमा मनाइने गरिन्छ। नेपाली शब्दावलीमा यसलाई विश्व क्षयरोग दिवसको रुपमा चिनिन्छ। यो घातक रोग हो तर यसको उपचारका लागि सरकारले धेरै कार्यक्रमहरु हरेक वर्ष ल्याउने गरेको छ। तर पनि देश यस रोगबाट मुक्त हुन सकेको छैन। राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार अझै ४१ हजारभन्दा बढी क्षयरोग बिरामी उपचारको दयारा बाहिर छन्।

सन् १८८२मा रोबेर्ट कोचले क्षयरोगको जीवाणुको पत्ता लगाएका थिए। यस घातक रोगबारे जनचेतना बढाउनको लागि हरेक वर्ष यस दिनलाई याद गर्ने गरिन्छ। यस रोगको उपचार सम्भव भएपनि हरेक वर्ष विकासशील देशहरुमा लगभग १५ लाखभन्दा बढी मानिस क्षयरोगबाट ज्यान गुमाउने गरेका छन्।

के हो क्षयरोग ?

माइकोब्याक्टेरियम ट्यूबरक्लोसिस नामको ब्याक्टेरिया क्षयरोगको कारण बन्ने गर्छ। यो बिरामी हावाबाट फैलिन्छ। यसकारण कुनै पनि क्षयरोगको बिरामीको सम्पर्कमा आउँदा सर्ने गर्छ। मानिसमा क्षयरोगको लक्षण पहिला नै देखिदैन। र पछि सक्रिय हुनसक्छ।

लक्षण :

१. यदि लगातार ३ सातासम्अम खोकी लाग्नु

२. खोक्दा थुकमा रगत आउनु

. ज्वरो आउनु

४. भोक नलाग्नु

५. छातीमा दुख्नु

६. थकानको अनुभव

क्षयरोगबाट बच्ने उपाय :

१. बच्चालाई बीसीजीको खोप लगाउने

२. क्षय रोगका बिरामीको नजिक जाँदा मास्कको प्रयोग गर्ने

३. क्षय रोगका बिरामीको वरपर श्वसन स्वच्छता बनाउनुपर्ने

४. यसको बारेमा शिक्षा र जागरूकताले पनि यो रोग लाग्ने संख्यामा कमि ल्याउन सकिने।

यो रोगलाई जराबाटै अन्त्य गर्ने लक्ष्य सन् २०२५सम्म पनि मुस्किल छ। किनभने क्षयरोगको बिरामीको आंकडा हरेक वर्ष बढिरहेको छ। राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष ६९ हजारभन्दा बढी क्षयराेगका बिरामी थपिने र तीमध्य उपचारको दयारामा नआएकालाई पहिचान गरी उपचार प्रक्रियामा ल्याउनु ठुलो चुनौती रहेको छ। अहिले नयाँ र पूरानो गरी करिब १ लाख १७ हजार बिरामी रहेका छन्।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ