२०८२ असोज ५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ र ललितपुरमा मास्क नलगाए कारबाही गरिने

काठमाडौँ र ललितपुरमा मास्क नलगाए कारबाही गरिने


काठमाडौँ – काठमाडौँ र ललितपुरमा मास्क अनिवार्य लगाउन पर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले विज्ञप्ति जारी गरी सार्वजनिक स्थानमा जाँदा मास्क प्रयोग नगरेमा कारवाही गर्ने जनाएको हो।

सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही समेत हुने व्यवहोरा सूचित गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रशासन कार्यालयले भारतमा संक्रमण बढ्दै गएको र त्यसको प्रभाव काठमाडौँ उपत्यकामा पर्ने हुँदा उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ। मास्क प्रयोग गर्ने देखि आउँदो होली घरमा खेल्न, भिडभाडमा नजान, सामाजिक दुरी कायम गर्न र स्यानिटाईजरको प्रयोग गर्न समेत आग्रह गरेको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ