२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनताको स्वास्थ्यभन्दा माथि सुर्तीजन्य उद्योग होइनन् : मन्त्री ठगुन्ना

जनताको स्वास्थ्यभन्दा माथि सुर्तीजन्य उद्योग होइनन् : मन्त्री ठगुन्ना

विज्ञ भन्छन्, 'कर बढाउनुको विकल्प छैन'


काठमाडौँ – सरकारले सुर्तीजन्य पदार्थमा कर बढाउनु पर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले बताए । स्वास्थ्य पत्रकार मञ्च, एक्सन नेपाल र द युनियनले संयुक्त आयोजना गरेको सुर्तीजन्य पदार्थमा कर वृद्धि र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले धुम्रपान नियन्त्रणका लागि सूर्तिजन्य पदार्थमा कर बढाउनु आवश्यक रहेको उल्लेख गरे।

मन्त्री ठगुन्नाले मानव स्वास्थ्यमा असर पार्ने अगाडी केही उद्योग र केहीको रोजगारी तुलना हुन नसक्ने टिप्पणी गर्दै सुर्तीजन्य पदार्थमा कर बढाउनुको विकल्प नभएको बताए । कर बढाउने विषयमा स्वास्थ्यमन्त्री र अर्थमन्त्री दुवैसँग छलफल गरी निचोड निकाल्ने उनले प्रतिबद्दता समेत व्यक्त गरे ।

अहिले शहरी क्षेत्रका स्कुल, कलेजका विद्यार्थीहरु पनि चुरोट सेवन गर्ने ट्रेन्ड बढेको उनले बताए। ‘पहिला शौखको रुपमा लीइन्थ्यो र अशिक्षित व्यक्ति धुम्रपान गर्थे भने अहिले शिक्षित समुहमा पनि धुम्रपान व्यापक देखिएको छ।,’उनले भने,’कलेजका क्यान्टिनहरुमा चिया र चुरोट भन्दा केही छैन । आगामी दिनमा यो देशकै लागि घातक हुने हुँदा शैक्षिक संस्थाहरुले निग्रानी गर्नुपर्ने देखिन्छ।’

यसैगरी, कानुनीरुपमा सरकार दह्रो रहेको स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव मान बहादुर बस्नेतले जनाए। उनले सुर्तिजन्य पदार्थ नियमन गर्ने नियमावली र कार्यविधी संसोधनको प्रस्ताव गरिएको र स्वास्थ्य मन्त्रालयले कम्तीमा २५ प्रतिशत कर बढाउन प्रस्ताव गरिएको जानकारी दिए।

यता, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिहंले सुर्तिजन्य पदार्थ र जिनको विषयमा अध्ययन भैरहेको जनाए। उनले २८ प्रतिशत अर्थात ८४ लाखले चुरोट खाने गरेको र सरदर ५ बट्टा सेवन गर्दा ८ करोड ४० लाख धुवा उड्ने जानकारी दिए।

५ रुपैयाका दरले प्रति खिल्ली खर्च हुँदा प्रत्येक दिन ४२ करोड धुवामा उड्ने जसले वर्षमा १ खर्व ५३ अर्व वर्षमा धुवामा उड्ने हुँदा यसको नियन्त्रण आवश्यक रहेको बताए। यसका लागि प्रत्येक पालीकामा पकेट हेल्थ फण्ड बनाउनु पर्ने, धुम्रपान रहित पालीका सूचक तय गर्ने र सबै पालीकामा कार्यक्रम लैजाउनु पर्नेमा उनले जोड दिए।

स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा. प्रदिप ज्ञावलीले १५५३ जनामा २८.३ जना ले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको जानकारी दिए। नेपालमा इलेक्टोनिक चुरोट पनि खान सुरु गरिएको देखिएको जनाए।

कार्यक्रममा रेस्पेक शान्तलाल मुल्मीले नेपालका सबै मन्त्रीहरु सुर्ति उद्योगको निकट रहेकोले उनीहरुकै अनुसार उद्योग चल्ने बताए।

परराष्ट्र मन्त्रालयका कानुन उपसचिव पुस्कर नेपालले अघिल्लो वर्ष नै ७५ प्रतिशत बढाउन मन्त्रीस्तरीय निर्णय गरेर सिफारीस गरिएता पनिसुर्ति नियन्त्रण निरिक्षकले प्रभावकारी रुपमा काम नगरेको गुनासो गरे।

यस्तै, कार्यक्रममा सहभागी आन्तरीक राजस्व विभागका उप निर्देशक शम्भू मरासैनीले सुर्तिजन्य पदार्थमा चुरोटको ३ उद्योग रेभिन्युमा करिब ५ प्रतिशत छ नेस्नेल रिभ्युनियु रहेकोले करको मात्र कुरा नभएको जनस्वास्थ्यसँग पनि जोडिएको बताए। ‘यो मल्टीसेक्टर एप्रोजको विषय हो । तर हाम्रो समन्वय भएको छैन ।,’उनले भने।

एसएसपि सन्दीप भण्डारीले कानुनमा भएका कुराहरुलाई कार्यन्वयनमा लैजानु महत्वपुर्ण रहेको बताए। उनले गरिब नागरिक धेैरै भएको हुँदा कर बढाउदा क्रय शक्ती कम हुने र यशक्ती कम भएपछि युवामा उपभोगमा कमी आउने भएकोले विधी र विधानले संस्थागत गरिनुपर्नेमा जोड दिए।

यता, विश्व स्वास्थ्य संगठनका लोनिम दिक्षीतले भने ट्याक्स बढाउने भन्दा पनि चुरोटै नखाने बनाउनमा जोड दिनुपर्ने बताए। उनले सुर्तिजन्य पदार्थ नियन्त्रण सोचेअनुसार प्रगती हुन सकेको जनाए।

स्वास्थ्य अर्थशास्त्री देवी प्रसाद प्रसाइले खाना भन्दा चुरोट नेपालमा सस्तो रहेको राष्ट्रिय वाणिज्य बैंकको तथ्यांकले देखाएको जनाए। नेपालमा पर्ने २७४ भारतमा ४ सय २७ पर्छ र ६० प्रतिशतसम्म कर बढाउँदा पनि भारतिय चुरोट नआउने तर्क राखे ।

‘कर बढ्यो भने संकलन घट्छ कि भन्ने १०० प्रतिशत कर बढ्यो भने ७० प्रतिशतले मात्र खपत घट्छ । चुरोटमा लाउने मार भन्दा उपचारको खर्च स्वास्थ्यमा बढी हुन्छ । ३६ अर्व चुरोट र सुर्तिजन्य पदार्थबाट कर उठाउन सकिन्छ ।’ ,उनले भने।

धुम्रपानको कारणले ५० प्रतिशत व्यक्तिमा मुटुको रोग भएको देखिएको मुटुरोग विशेषज्ञ डा. प्रेम राज बैद्यले बताए । उनले सुर्तीजन्य पदार्थका कारण खुट्टाका नसा विगारेर खुट्टै काट्नुपर्ने अवस्था पुगेको उल्लेख गरे। सुर्तीजन्य पदार्थ सेवनले शरिरमा २६ प्रकारको रोग निम्त्याउनुको साथै दिनमा एउटा खिल्ली चुरोट सेवनलाई ५० प्रतिशत स्टकको सम्भावना र सेवन गर्ने ५ मध्ये १ लाई अनिवार्य क्यान्सर हुने उनले स्पष्ट पारे।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ