२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १५ अस्पतालमा सामाजिक सेवा एकाई कार्यक्रम र २५ अस्पतालमा वृद्धवृद्धाका लागि छुट्टै सेवा

थप १५ अस्पतालमा सामाजिक सेवा एकाई कार्यक्रम र २५ अस्पतालमा वृद्धवृद्धाका लागि छुट्टै सेवा

क-कसले पाउनेछन् निःशुल्क उपचार ?


काठमाडौं—सरकारले थप १५ वटा अस्पतालबाट सामाजिक एकाई कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन मार्गदर्शन, २०७८-७९ जारी गर्दै थप १५ अस्पतालमा सामाजिक एकाई कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।

यसअघि विभिन्न ४३ वटा अस्पतालबाट सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन हुँदैं आएको थियो । नयाँ १५ अस्पतालमा पनि यो कार्यक्रम लागु भएसँगै सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन हुने अस्पतालको संख्या ५८ पुगेको छ ।

सामाजिक सेवा एकाई कार्यक्रम सञ्चालन हुने थप १५ अस्पतालहरुमा प्रदेश नं. १ मा ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, प्रदेश २ मा कलैया अस्पताल, महोत्तरी अस्पताल, सिरहा अस्पताल, सर्लाही अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा दमौली अस्पताल, पर्वत अस्पताल र स्याङजा अस्पताल रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा पृथ्वीचन्द्र अस्पताल, प्युठान अस्पताल, रोल्पा अस्पताल, कर्णाली प्रदेशमा कालिकोट अस्पताल र सुदूरपश्चिम प्रदेशमा बैतडी अस्पताल रहेका छन् ।

यसअघि देशका विभिन्न ४३ वटा अस्पतालबाट यो कार्यक्रम सञ्चालन हुँदैं आएको छ । सामाजिक सेवा एकाई कार्यक्रम लागु भएका अस्पतालबाट गरिब, असहाय, अपांग भएका व्यक्तिहरु, ज्येष्ठ नागरिक, लैंगिक हिंसा पीडित, गरिब तथा विपन्न आकस्मिक बिरामी, विपद् एवं प्राकृतिक प्रकोपबाट पीडित, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजाति, महिला स्वास्थ्य स्वयंमसेविका, कुपोषित बालबालिका, थुनुवा, कैदी बिरामी, शहीद परिवार र दुर्घटना परेको (अभिभावक) कोही नभएको बिरामी निःशुल्क उपचार पाउनेछन् ।

यस्तै, मन्त्रालयले ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन, २०७८—७९ जारी गर्दै उक्त सेवा थप २५ वटा अस्पतालमा विस्तार गरेको छ । यसअघि यो सेवा २४ अस्पतालबाट सुरु भइसकेको छ ।

नयाँ जेरियाट्रिक स्वास्थ्य सेवा सञ्चालन गर्ने अस्पतालहरुमा प्रदेश नं. १ का इलाम अस्पताल, संखुवासभा अस्पताल, सुनसरी अस्पताल, प्रदेश नं. २ का कलैया अस्पताल, मलंगवा अस्पताल, राम उमा स्मारक अस्पताल, बर्दिवास अस्पताल रहेका छन् ।

यस्तै, बागमती प्रदेशमा भक्तपुर अस्पताल, धादिङ अस्पताल, त्रिशुली अस्पताल, कीर्तिपुर अस्पताल, धुलिखेल अस्पताल रहेका छन् भने गण्डकी प्रदेशमा गोरखा अस्पताल, म्याग्दी अस्पताल, लुम्बिनी प्रदेशमा पृथ्वीचन्द्र अस्पताल, गुलरिया अस्पताल, प्युठान अस्पताल, पाल्पा अस्पताल, रोल्पा अस्पताल, तुलसीपुर अस्पताल, कर्णाली प्रदेशमा जाजरकोट अस्पताल, मेहलकुना अस्पताल रहेका छन् भने सुदूरपश्चिम प्रदेशका महाकाली अस्पताल, दार्चुला अस्पताल र टिकापुर अस्पताल रहेका छन् ।

सामाजिक सेवा एकाई कार्यक्रम मार्ग दर्शन

ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ