२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखोप केन्द्रमा भिड भएपछि प्रधानमन्त्रीद्वारा खोप केन्द्र बढाउन निर्देशन

खोप केन्द्रमा भिड भएपछि प्रधानमन्त्रीद्वारा खोप केन्द्र बढाउन निर्देशन


काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवामा कोभिड—१९ विरुद्धको खोप लगाउने केन्द्रमा अत्याधिक भिड बढेपछि खोप केन्द्र बढाउन निर्देशन दिएका छन् । शुक्रबार मुख्यसचिव र स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।

देउवाले मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्यसचिव लक्ष्मण अर्याललाई उक्त निर्देशन दिएका हुन् ।

‘खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकताअनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन मुख्य सचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु,’ देउवाले आफ्नो आधिकारिक फेसबुकमा भनेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #कोभिड—१९ विरुद्धको खोप, #खोप केन्द्र बढाउन निर्देशन, #प्रधानमन्त्री देउवा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ