२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयोग्यताको आधारमा स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने माग सहित प्रधानमन्त्री देउवालाई १८ बुँदे सुझाव पेश

योग्यताको आधारमा स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने माग सहित प्रधानमन्त्री देउवालाई १८ बुँदे सुझाव पेश


काठमाडौं – जनस्वास्थ्य विज्ञहरुले योग्यता र क्षमताको आधारमा स्वास्थ्यमन्त्री नियुक्त गर्न प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष माग राखेका छन्। बुधबार कोभिड-१९ महामारीको व्यवस्थापनका लागि भन्दै विज्ञहरुले योग्यता र क्षमताको आधारमा स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने माग सहित १८बुँदे सुझाव पेश गरेका हुन्।

योग्यता, क्षमता र इमान्दारिताको छवि भएका व्यक्ति जसले सम्पूर्ण नागरिक र स्वास्थ्यकर्मीको सल्लाहलाई सम्मान गर्छ त्यस्ता व्यक्तिलाई स्वास्थ्यमन्त्री नियुक्त गर्नुपर्ने विज्ञहरुले प्रधानमन्त्री देउवालाई दिएको सुझावमा उल्लेख छ।

कोभिड-१९ महामारी नियन्त्रणका लागि स्वास्थ्यका मापदण्ड आवश्यक भएपनि पर्याप्त नभएको र लकडाउन एक अस्थायी समाधान मात्रै भएको बताउँदै उनीहरुले स्वास्थ्य प्रणालीस्तरलाई अधिकतम बढाउनु पर्ने माग गरेका छन।

यस्तै, उनीहरुले कोभिडको तेस्रो लहरलाई व्यवस्थापनका निमित्त प्रत्येक समुदाय स्तरमा ‘आफ्नो स्वास्थ्यको हेरचाह आफै गर्ने’ क्षमता अभिवृद्वि गर्नुपर्ने, स्वास्थ्यकर्मीको नैतिक र उत्प्रेरणालाई जुनसुकै मूल्यमा उच्च राख्नुपर्ने, १८ वर्षभन्दा माथिका नागरिकलाई यथाशिघ्र खोप लगाउन र खोप कार्यक्रममा निजी क्षेत्रलाई सरकारी सहयोगमा संलग्न गराउनुका साथै वृद्ध-असाहय मैत्री तथा कम भीडभाड हुने गरी खुल्ला ठाउँमा व्यवस्थापन गर्न सुझाएका छन् ।

आवश्यक औषधी तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षण सुविधा, शंकास्पद व्यक्तिका लागि क्वारेन्टाइन सेन्टर सञ्चालन गर्न जरुरी रहेको र संक्रमण देखिएकाहरुलाई होम आइसोलेसनमा वा संस्थागत आइसोलेसनमा बस्दा टेलिमेडिसिन तथा मोबाइल स्वास्थ्य एकाइ सेवा सञ्चालन गर्नुपर्ने अस्पतालको बेड, एचडीयू, आइसियू र भेन्टिलेटरको संख्या बढाउन समेत विज्ञहरुको सुझाव छ।

नेपालमा कोभिड १९ महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्री देउवालाई पेश गरेको सुझाव पत्रमा डा. महेश मास्के, कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुणा उप्रेती, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. समिर दीक्षित, डा. राजेन्द्र बीसी, डा. तिर्थ राना, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ, डा. रजनी शाह, नारायण सुवेदीले हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री देउवालाई विज्ञहरुले पेश गरेका १८ बुँदे सुझाव –


क्याटेगोरी : समाचार
ट्याग : #कोभिडको तेस्रो लहर, #प्रधानमन्त्री देउवालाई १८ बुँदे सुझाव, #स्वास्थ्यमन्त्री नियुक्त


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ