२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआपत्तकालीन प्रयोगका लागि प्रदेशमा १०००, विभागमा २००० अक्सिजन सिलिण्डर भरेर राख्न मन्त्रालयको निर्देशन

आपत्तकालीन प्रयोगका लागि प्रदेशमा १०००, विभागमा २००० अक्सिजन सिलिण्डर भरेर राख्न मन्त्रालयको निर्देशन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन व्यवस्थापनलाई प्रभावकारी बनाउन काम अगाडि बढाएको छ । त्यसका लागि अक्सिजन सिलिण्डर भरेर बिग्रिएका प्लान्टहरु बनाउन निर्देशन दिएको छ ।

मन्त्रालयको गुणस्तर मापदण्ड महाशाखा प्रमुख डा. मदन उपाध्यायकाअनुसार अक्सिजन कलेक्सन गरेर राख्ने, प्लान्ट र लिक्वीइड टंयाक बिग्रिएको छ भने बनाउने, खरिद बाँकी वा प्रक्रियामा भए चाँडो पूरा गर्न समेत निर्देशन दिइएको छ ।

‘आकस्मिक प्रयोगका लागि सबै प्रदेशमा १ हजार अक्सिजन सिलिण्डर र स्वास्थ्य सेवा विभागले २ हजार सिलिण्डर भरेर राख्न भनेका छौं,’ डा. उपाध्यायले भने, ‘सम्भावित तेस्रो वेवको तयारीमा रहन सबै अस्पताललाई निर्देशन दिइएको छ ।’

कोभिड-१९ को दोस्रो लहरमा अक्सिजनको व्यवस्थापन असहज भएका कारण संक्रमितको उपचारमा समस्या भएको थियो । जसका कारण मन्त्रालयले सम्भावित तेस्रो वेवका लागि अहिले नै विभिन्न तयारीहरु अगाडि बढाइरहेको छ ।

मन्त्रालयले अहिलेकै स्थिर अवस्था रहे आगामी ५ महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ । नयाँ थपिनेसंक्रमितमध्ये ३८ हजार ७ सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र सोमध्ये ९ हजार ७ सय ९३ लाई सघन उपचार गर्नुपर्ने आँकलन मन्त्रालयले गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ