२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचावहिलबाट क्लिनिक संचालक र २ जना चिकित्सकसहित ४ जना पक्राउ

चावहिलबाट क्लिनिक संचालक र २ जना चिकित्सकसहित ४ जना पक्राउ


काठमाडौँ – चावहिलस्थित ओमकार डेन्टल क्लिनिकबाट २ जना चिकित्सक र संचालक सहित् ४ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार साँझ उनीहरुलाई क्लिनिकबाटै पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरोका एसपी कमल थापाका अनुसार एनएमसीमा दर्ता नै नगरी प्राक्टिस गरेको आरोपमा दुईजना चिकित्सक, एक जना क्लिनिक संचालक र एक जना कर्मचारीलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा क्लिनिकका संचालक राधाकृष्ण तामाङ, संचालक तथा चिकित्सक डा. रावेद रन्जन कुमार ठाकुर, डा. सौरभ कुमार र कर्मचारी सन्जु साह रहेका छन्।

‘हामी अनुसन्धानकै क्रममा छौं, ‘एसपी थापाले भने, ‘विस्तृत कुरा अनुसन्धानपछि बाहिर आउँछ।

नेपाल मेडिकल काउन्सिलमा एक जना भारतीय डाक्टरले काउन्सिलबाट स्वीकृती नै नलिएर ओमकार डेन्टल क्लिनिकमा प्राक्टिस गरिरहेको उजुरी परेको थियो। सो उजुरीपछि काउन्सिलले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्र लेखेर आग्रह गरेको थियो।

काउन्सिलको पत्रपछि केन्द्रीय अनुसन्धान ब्युरोले थप अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको हो।


क्याटेगोरी : समाचार
ट्याग : #ओमकार डेन्टल क्लिनिक, #चिकित्सकसहित ४ जना पक्राउ, #नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ