२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयसरी सुरु हुँदैछ देशभर ‘नेपाल मास्क अभियान’ सप्ताह

यसरी सुरु हुँदैछ देशभर ‘नेपाल मास्क अभियान’ सप्ताह


काठमाडौँ– सरकारले देशभर कोभिड-१९ महामारी नियन्त्रण र रोकथामका लागि मास्क अभियान सञ्चालन गर्ने भएको छ।

कोभिड-१९बाट बच्न स्वास्थ्य मापदण्ड बाहेक अन्य विकल्प नरहेकाले यसैलाई प्राथमिकता राखि आम नागरिकलाई जिम्मेवार बनाउन देशव्यापी रुपमा शनिबार दिउँसो १ बजेदेखि साताभर ‘नेपाल मास्क अभियान’ मनाउन लागिएको हो ।

उक्त अभियान प्रधानमन्त्री शेर बहादुर देउवाको भिडियो सम्बोधनबाट कार्यक्रमको सुरुवात हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उक्त अभियान ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्वता; मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नाराका साथ देशभर रुपमा मनाउन लागिएको हो।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै राष्ट्रिय सेवा तथा सुचना सञ्चार केन्द्रकी स्वास्थ्य प्रशासक शिला श्रेष्ठले मास्क लगाउनुको महत्व बारे जनमानसमा बुझाउन र अनिवार्य लगाउने वातावरण सिर्जना गर्ने अभियानको उद्देश्य रहेको बताइन ।

यस्तै,  प्रशासक शिला श्रेष्ठले  ‘म जिम्मेवार नागरिक’ को सन्देशसहित फेसबुकलाई डिजिटलाइजिङ गर्ने, नेपाल टेलिभिजनको सहभागितामा विभिन्न कार्यक्रमहरु प्रसारण गर्ने तथा सेलिब्रेटी र प्रभावशाली व्यक्तित्वहरुको सहभागितामा कोभिड–१९ को बढ्दो संक्रमण रोक्न प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने, मास्क लगाए-नलगाएको अनुगमन गर्ने लगायतका गतिविधिमार्फत मास्क सप्ताह मनाइने जानकारी दिइन् ।

यस अभियानको मूल उद्देश्य जन समुदायमा हरेक माध्यमबाट कोभिड-१९ महामारीको सामना गर्नका लागि सचेतना फैलाउनु हो।

यो अभियान एक साता चलेपनि सधैभरी आफु सचेत रहन पर्ने स्वास्थ्य बिमा बोर्डकी निर्देशक डा. राधिका थपलियाले बताइन। ‘महामारी नियन्त्रणका लागि सम्पुर्ण नागरिक जिम्मेवार रहनुपर्ने र यसका लागि मास्क अभियानबाट प्राप्त जानकारी र ज्ञानलाई वर्षभरि नै प्राथमिकता दिइनेछ,’उनले भनिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ