२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा २ लाख बढीले लगाए कोभिड–१९ विरुद्धको खोप

कर्णालीमा २ लाख बढीले लगाए कोभिड–१९ विरुद्धको खोप


वीरेन्द्रनगर—कर्णाली प्रदेशमा २ लाख बढी नागरिकले कोभिड–१९ विरुद्ध खोपको पहिलो डोज लगाएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको तथ्यांकअनुसार २ लाख ४४ हजार ५ सय १२ जनाले हालसम्म कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लगाएका हुन् ।

जसमध्ये एक लाख ८ हजार ४ सय ८६ जनाले कोभिसिल्ड खोप लगाएका छन् । जुन खोप अभियान २०७७ माघ १४ देखि चैत २ गतेसम्म संचालन भएको थियो । कोभिसिल्ड खोपको दोस्रो डोज लगाउनेको सख्या भने २५ हजार ८ सय १६ मात्र छ । जुन खोप अभियान २०७८ बैशाख ७ देखि ११ सम्म संचालन भएको थियो ।

स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोभिसिल्ड खोप प्राप्त नभएको कारण ८२ हजार ६ सय ७० जनाले समयमै दोस्रो डोज लगाउन पाएका छैनन् । तर, कोभिसिल्डको दोस्रो डोजको प्रतिक्षामा रहेका नागरिकलाई यहि साउन २५ देखि क्रमसः लगाइने स्वास्थ्य तथा जनसख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले पत्रचार गरिसकेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका स्वाथ्य शिक्षा प्रशिक्षक प्रशासक नोदनारायण चौधरीले जानकारी दिए ।

यस्तै, कर्णालीमा भेरोसेल खोपको पहिलो डोज लगाउनेको सख्या २६ हजार ५ सय १० जना रहेको छ । भरोसेलको पहिलो डोज लगाउने खोप अभियान २०७८ जेठ २५ देखि असार १ सम्म संचालन भएको हो । भेरोसेलकै दोस्रो डोज १९ हजार ९ सय ३१ जनाले लगाएका छन् । यो खोप अभियान यहि असार २२ देखि संचालन भएको हो ।

साउन ११ पछि संचालन भएको खोप अभियानमा भेरोसेलको पहिलो डोज लगाउनेको सख्या ८४ हजार २ सय ६८ जना रहेको चौधरीको बताए । उनका अनुसार जोनसोेन एण्ड जोनसोन खोप लगाउनेको संख्या २५ हजार २ सय ४८ रहेको छ । जोनसोेन एण्ड जोनसोन खोप भने चार जिल्ला मुगु, कालिकोट, सुर्खेत र जाजरकोट जिल्लामा मात्र संचालन भएको छ । नियमित खोप अभियानलाई बाधा नपर्ने गरी जिल्ला खोप समन्वय समितिको निर्णयअनुसार केही जिल्लाहरुमा साउन २४ देखि र बाँकी जिल्लामा साउन महिनाभित्रै खोप अभियान संचालन गर्न सबै जिल्लाहरुले तयारी थालेको उनले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार
ट्याग : #कर्णाली प्रदेश, #कोभिड–१९ विरुद्ध खोप


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ