२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिविका परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोप दिने निर्णय

त्रिविका परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोभिड-१९ विरुद्धको खोप दिने निर्णय


काठमाडौं—त्रिभुवन विश्वविद्यालयअन्तर्गत आंगिक तथा सम्बन्ध प्राप्त कलेजहरुका परीक्षा दिने तयारी रहेको विद्यार्थीलाई कोभिड—१९ विरुद्धको खोप दिइने भएको छ । बुधबार स्वास्थ्य सचिवस्तरीय निर्णय त्रिविअन्तर्गत परीक्षा दिने तयारीमा रहेका विद्यार्थीहरुको प्रवेश पत्रका आधारमा खोप दिइन लागेको हो ।

परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमकाअनुसार प्रवेश पत्रका आधारमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यलयले त्यसको व्यवस्था गर्नेछ । ‘त्रिविअन्तर्गत तत्काललाई ६० हजार विद्यार्थी परीक्षा दिने तयारीमा रहेको जानकारी आएको छ,’ उनले भने, ‘ती विद्यार्थीहरुलाई प्रवेश पत्रका आधारमा खोप दिने व्यवस्था गर्ने निर्णय भएको हो ।’

त्रिविले सबै परीक्षा भौतिक उपस्थितीमै सञ्चालन गर्दै आएको छ । यसअघि कक्षा १२ को परीक्षा स्थगित भएपनि त्रिविले परीक्षाहरु स्थगित गरेको थिएन ।

उसले परीक्षा समयमै हुने भन्दैं विद्यार्थीहरुलाई तयारी अवस्थामा रहन भनेको छ । केही विद्यार्थीहरुले त्रिविका जारी परीक्षा स्थगित हुनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले परीक्षा दिने विद्यार्थीहरुका लागि खोप सुनिश्चित गरिदिएसँगै त्रिविलाई परीक्षा सञ्चालन गर्न सहज हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #कोभिड—१९ विरुद्धको खोप, #त्रिभुवन विश्वविद्यालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ