२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य राज्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय कोभिड-१९ व्यवस्थापन समिति

स्वास्थ्य राज्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय कोभिड-१९ व्यवस्थापन समिति


काठमाडौं–सरकारले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा ९ सदस्य उच्चस्तरीय कोभिड-१९ महामारी व्यवस्थापन समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री समेत रहेका प्रधानमन्त्रीको निर्णयअनुसार सो समिति गठन भएको हो । समितिको उपाध्यक्षमा स्वास्थ्य सचिव डा. रोशन पोखरेल रहेका छन् ।

त्यसैगरी सह-उपाध्यक्षमा प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंह, सदस्यहरुमा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. रामपदार बिच्छा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.वासुदेव उपाध्याय, औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, इडिसिडिका निर्देशक डा. कृष्ण पौडेल, हाडजोर्नी रोग विशेषज्ञ डा. रुद्र मरासिनी रहेका छन् ।

सदस्यसचिवमा मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीलाई तोकिएको छ ।

सो समितिको कार्यविवरणमा अन्तर्राष्ट्रिय सिमानामा हेल्थडेक्स, क्वारेन्टाइन, आइसोलेसन, उपचार व्यवस्था, खोप आपूर्तिजस्ता यसअघि मन्त्रालयले गर्दै आएका नियमित काम गर्ने उल्लेख छ । त्यसैगरी, कोभिड-१९ बाहेकका नियमित तथा अत्यावश्यक सेवा सुचारु गर्न नीतिगत निर्णय गर्नेलगायत ८ बुँदा उल्लेख गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #उमेश श्रेष्ठ, #डा रोशन पोख्रेल, #स्वास्थ्य तथा जनसंख्या


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ