२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९बाट २६को मृत्यु, ३०४२ जना थपिए नयाँ संक्रमित 

कोभिड-१९बाट २६को मृत्यु, ३०४२ जना थपिए नयाँ संक्रमित 


काठमाडौं – कोभिड-१९ को संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २६ जनाले कोभिड-१९ संक्रमणबाट ज्यान गुमाएका हुन् ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९बाट मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५  पुगेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार २ सय ४४ जना रहेको छ । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ पुगेको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)