२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजुम्लामा ४७ जनाको परीक्षण गर्दा १८ जनामा कोभिड पुष्टि

जुम्लामा ४७ जनाको परीक्षण गर्दा १८ जनामा कोभिड पुष्टि


जुम्ला – जुम्लामा ४७ जनामा परीक्षण गर्दा १८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले शनिबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण गर्दा  संक्रमण देखिएको हो ।

८ बैशाखदेखि यहाँ जम्मा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ हजार ४ सय ८२ पुगेको छ भने शनिबारसम्म संक्रमण मुक्त हुनेको संख्या १ हजार २ सय ३६ जना रहेको छ ।

शनिबार प्रशासनले सार्वजनिक गरेको तथ्यांक अनुसार जुम्लाका १२ जना र जिल्ला बाहिर ४ जना गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको कोभिड अस्पतालमा २५ जना उपचारतार्थ र १९४ जना होम आइसोलेसनमा सक्रिय संक्रमित रहेको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताइन् ।

जिल्लामा कोभिड विरुद्धको पूर्ण खोप लगाउनेको संख्या १० हजार १३४ जना र १२ हजार ७५४ जनाले दोस्रो डोजको खोप लगाउन बाँकी रहेको सार्वजनिक तथ्यांकमा उल्लेख गरिएको छ ।

हालसम्म जिल्लाका २२ हजार ८८८ जना नागरिकले कोभिड-१९ विरुद्धको खोप पाएका छन् । तर, यहाँको जनसंख्या भने १ लाख २६ हजार ३८० जना रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ