२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकलेजको साँचो बुझिदिन आयोगलाई नर्सिङ कलेजको पत्राचार

कलेजको साँचो बुझिदिन आयोगलाई नर्सिङ कलेजको पत्राचार


काठमाडौँ – नर्सिङ तथा पारामेडिक्स अध्यापन गराउने कलेज संचालकहरुले माग सुनुवाई नभएको भन्दै कलेजको साँचो बुझ्न चिकित्सा आयोगलाई पत्राचार गरेको छ।

मंगलबार कलेजका संचालकहरुले चिकित्सा आयोगलाई पत्राचार गरी कलेजहरुलाई अध्यापन गराउन तोकिएको विद्यार्थी पनि उत्तिर्ण नहुने गरी परीक्षा लिएर निजी कलेजहरुलाई बन्द गराउने जस्ता षड्यन्त्र भएको भन्दै साँचो बुझाउन बाध्य भएको जनाएका हुन्।

विद्यार्थीको शुल्क तथा सिट निर्धारणको निर्णयदेखि प्रवेश परीक्षा समेत आयोगले लिने तर परीक्षामा विद्यार्थीलाई उत्तीर्ण नगराएर आयोगले नीजि शिक्षण संस्था बन्द गराउन षड्यन्त्र रचेको उनीहरुको भनाई छ ।

यसका लागि उनीहरुले प्रवेश परीक्षामा ३५ प्रतिशत उत्तिर्ण ल्याएका विद्यार्थीलाई योग्यताक्रम मेरिट बेसिसका आधारमा विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

यस्तै, कलेजका संचालकहरुले सोमबार पत्रकार सम्मेलन गरी आयोगलाई एकिकृत प्रवेश परीक्षाको नतिजालाई पुन:र्विचार नगरेमा कलेजको चावी बुझाउने धम्की समेत दिएका थिए   । सरकारले पोखरा, पूर्वाञ्चल, काठमाडौँ र त्रिभुवन विश्वविद्यालयका सबैको मिलाएर औसत रुपमा उत्तिर्ण प्राप्तांक निकाल्नुपर्ने उनीहरुको जोड थियो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ