२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशक्यान्सर अस्पताल खजुरामा पहिलोपल्ट दूरबिन प्रविधिबाट बिरामीको शल्यक्रिया

क्यान्सर अस्पताल खजुरामा पहिलोपल्ट दूरबिन प्रविधिबाट बिरामीको शल्यक्रिया


नेपालगन्ज—बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पहिलोपल्ट दूरबिन प्रविधीबाट पाठेघर र डिम्बाशयमा क्यान्सर भएका बिरामीहरुको शल्यक्रिया भएको छ । काठमाडौंबाट महिला क्यान्सर रोग विशेषज्ञ चिकित्सकलाई ल्याएर क्यान्सर अस्पतालले चिकित्सकहरुको दूरबिन प्रविधीबाट पाठेघर र डिम्बासयमा क्यान्सर भएका बिरामीको शल्यक्रिया सेवा दिएको हो ।

महिला क्यान्सर रोग विशेषज्ञ डा. सुरेश कायस्थ र विनम्र सिग्देलसहित नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल र क्यान्सर अस्पताल खजुराका ८ जना विशेषज्ञ चिकित्सकहरुको टोलीले पाठेघर र डिम्बासयमा क्यान्सर भएका बिरामीहरुको शल्यक्रिया गरेका हुन् ।

बिरामीको अवस्था हेरेर सम्भव भएसम्म दूरबिन प्रविधिबाट र सम्भव नभएका बिरामीहरुको चिरेरै शल्यक्रिया गरेर उपचार गर्ने गरिएको छ ।
पहिलो दिनमा ४ जनाको दूरबिन प्रबिधिबाट र ४ चिरेरै शल्यक्रिया गरी उपचार गरिएको छ । क्यान्सर रोग विशेषज्ञसहितको चिकित्सकहरुको टोलीले ४ दिन क्यान्सर अस्पताल खजुरामा बिरामीहरुको शल्यक्रिया गर्नेछ । शल्यक्रिया लागि १८ जना बिरामीले पालो पर्खिएका छन् ।

क्यान्सरका बिरामीहरुको उपचार सेवालाई विस्तार गर्ने उद्देश्यले काठमाडौंबाट विशेषज्ञ चिकित्सकहरु ल्याएर दुरबिन प्रविधिबाट क्यान्सरका बिरामीको शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको अस्पतालका प्रमुख डा. कृष्ण आचार्यले बताए ।

सरकारी अस्पतालमा अत्याधुनिक प्रबिधिबाट उपचार सेवा पाएपछि बिरामीहरु लाभान्वित भएका छन् ।

दुरबिन प्रबिधिबाट गरिने शल्यक्रिया सहज र प्रभावकारी हुने महिला क्यान्सर रोग विशेषज्ञ डा. सुरेश कायस्थले बताए । क्यान्सर अस्पतालले सुरु गरेको शल्यक्रिया सेवाबाट लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीहरुहरुले सहज रुपमा उपचारका सेवा पाउन थालेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ