२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिटामोलको मूल्य दोब्बर बनाइदै

सिटामोलको मूल्य दोब्बर बनाइदै


काठमाडौँ – औषधी व्यवस्था विभागले औषधीहरुको मूल्य दोब्बर बढाउने तयारी गरेको छ। औषधीका मुल्य परिमार्जन र संसोधनका लागि विभागमा बिहिबार बस्न लागेको बैठकमा औषधीहरुको मूल्य दोब्बर बढाउने प्रस्ताब अघि सार्न लागिएको हो।

विभागले पारासिटामोल र अन्य औषधीको प्रस्तावित मूल्य तोकेको छ। हाल पारासिटामोल ट्याबलेटको मूल्य १ रुपैया छ भने यसलाई बढाएर २ रुपैयाँ बनाउन पर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, पारासिटामोल झोल औषधीको हाल अधिकतम मूल्य ३०रुपैयाँ छ भने अब बढाएर ५० रुपैयाँ बनाउन पर्ने प्रस्ताव पेस गरिन लागिएको हो।

मूल्य निर्धारण नभएका औषधीहरुको पनि मूल्य निर्धारण गर्ने,  मूल्य निर्धारण कार्यविधि,  मूल्य परिमार्जनजस्ता विषयमा बैठकमा छलफल हुने बताइएको  छ।

सो बैठकमा विभागले नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्युटिकल्स एसोसियसन र उपभोक्ता जागरण तथा हित संरक्षण मञ्चको सहभागिता रहनेछ।

कोरोना महामारी बढेसँगै बजारमा सिटामोलको अभाव देखिएको छ। सो अवस्थामा विभागले यसको मूल्य दोब्बर बनाउन लागेको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ