२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेउराली जनता फर्मास्युटिकल्सले नेपालमै कोभिड-१९ खोप उत्पादन गर्ने

देउराली जनता फर्मास्युटिकल्सले नेपालमै कोभिड-१९ खोप उत्पादन गर्ने


काठमाडौं—चिनियाँ कम्पनी वालभ्याक्ससँगको लोकल प्रायोजकका रुपमा देउराली जनता फर्मास्युटिकल्स (डिजेपिएल)ले नेपालमै कोभिड-१९ विरुद्धको खोप उत्पादन गर्ने तयारी अगाडि बढेको छ । तेस्रो चरणमा क्लिनिकल ट्रायलमा रहेको वालभ्याक्सको खोप ‘अरकोभ (ARCoV)’को क्लिनिक ट्रायलका सफल भएमा नेपालमै खोप उत्पादनका लागि बाटो खुला हुनेछ ।

नेपालमै उत्पादन गर्ने शर्तसहित क्लिनिक ट्रायल अगाडि बढाउन लागिएको उक्त खोपको लोकल प्रायोजक डिजेपिएल भएकाले ट्रायल सफल भएपछि उसले खोप उत्पादन गर्नेछ ।

त्यससअघि वालभ्याक्सको खोप ३ हजार नेपालीमा ट्रायल गरिनेछ । त्यसको अनुगमन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्नेछन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीकाअनुसार तेस्रो चरणको ट्रायलमा रहेको उक्त भ्याक्सिन नेपालमा क्लिनिकल ट्रायलका लागि परिषद्को इथिकल कमिटीबाट पास भइसकेको छ भने ट्रायलका लागि क्याबिनेटले समेत अनुमति दिइसकेको छ ।
‘अब हामीले ३ हजारमा यो खोपको क्लिनिकल ट्रायल गर्ने गरी योजना अगाडि बढाएका छौं,’ सदस्यसचिव ज्ञवालीले भने ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बेस बनाएर क्लिनिकल ट्रायल गरिने यो खोपको ३ देखि ६ महिनाभित्रै ट्रायलमा हुनेछ भने १८ वर्षमाथिकामा यो ट्रायल गरिनेछ । यो क्लिनिक ट्रायलको नेतृत्व डा. सन्जीव शर्माले गर्नेछन् ।

६० वर्षमाथिका र ६० वर्षमुनिका दुई उमेर समूहमा यो ट्रायल गरिनेछ ।

यो ट्रायल सफल भए नेपालमै कोभिड—१९ विरुद्धको खोप उत्पादन गर्ने शर्तसहित क्लिनिक ट्रायल क्याबिनेटले पास गरेको हो । ‘ट्रायल सफल भएमा नेपाल खोप उत्पादनको प्राथमिकतामा पर्नेछ,’ सदस्यसचिव डा. ज्ञवालीले भने । वालभ्याक्सले थप ५ लाख भ्याक्सिन समेत नेपाललाई दिनेछ ।

अहिले यो खोपको विभिन्न देशका २८ हजारमा गरिदैछ । क्लिनिकल ट्रायलको सम्पूर्ण जोखिमको पाटो भने वालभ्याक्सले नै लिनेछ । यसलाई ० देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न सकिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अरकोभ, #देउराली जनता फर्मास्युटिकल्स, #वालभ्याक्स


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ