२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यफाइजर खोपको साइड-इफेक्टका कारण एक महिलाको मृत्यु

फाइजर खोपको साइड-इफेक्टका कारण एक महिलाको मृत्यु


न्युजरल्याण्डमा फाइजरको कोभिड-१९ खोप लिने एक महिलाको मृत्यु भएको छ। न्युजरल्याण्डको स्वास्थ्य विभागले पनि खोप कै कारण महिलाको सोमबार मृत्यु भएको पुष्टि गरेको हो।

उक्त सरकारले पहिला नै एक स्वतन्त्र कोभिड खोप सुरक्षा निगरानी बोर्डलाई मृत्युको कारण बताउन निर्देशन दिएको थियो। त्यसपछि बोर्डले गरेको जाँचलर पनि सो महिलाको मृत्यु कोभिड खोपको साइड इफेक्ट कै कारण भएको पुष्टि गरेको विभागले जनाएको छ।

सरकारले मृतक महिलाको उमेर भने खुलाएको छैन।

बोर्डका अनुसार सो महिलाको मृत्यु मायोकार्डिटिसका कारण भएको थियो। जसको कारण कोभिड खोपको साइड -इफेक्ट्स नै हो। मायोकार्डिटिस एकखालको मुटुको मांसपेशीमा सुनिनु हो जसमा रगत पम्प गर्नको लागि शरीरको कयौं अंग प्रभावित हुन सक्दछन। र, मुटुको धड्कन पनि घट-बढ़ हुनसक्छ।

फाइजर भ्याक्सिनको खोप लिने कमैमा मात्र त्यस्तो साइड-इफेक्ट्स देखिने बताइएको छ ।

बोर्डले मृतक महिला पहिला नै अन्य अन्य चिकित्सा समस्याबाट गुज्रिरहेको र खोप पछि झनै बढी असर गरेको हुन् सक्ने पनि अनुमान लगाएको छ।

एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ