२०७८ असोज १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलले बनायो निर्वाचन समिति, डा. गणेश राई प्रमुख निर्वाचन अधिकृत

नेपाल मेडिकल काउन्सिलले बनायो निर्वाचन समिति, डा. गणेश राई प्रमुख निर्वाचन अधिकृत


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको निर्वाचित कार्यकारीहरुको पदावधि ५ असोजमा सकिने भएपछि नयाँ पदाधिकारीसहित सदस्यको निर्वाचनका लागि तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको छ ।

९ भदौंमा बसेको काउन्सिलको पूर्ण बैठकले बालरोग विशेषज्ञ डा. गणेश राईलाई प्रमुख निर्वाचन अधिकृत तोकेको छ । त्यसैगरी निर्वाचन अधिकृतहरुमा डा. मधुसुदन पुन र डा. मनोज हुमागाईलाई तोकिएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।

काउन्सिलमा प्रत्यक्ष निर्वाचनबाट उपाध्यक्षसहित ९ जना रहेका छन् । यस्तै, सरकारले नियुक्ति गर्ने एक जना अध्यक्षसहित ६ जना सदस्य रहन्छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)