२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनकपुर प्रादेशिक अस्पतालभित्रै कुटिए स्वास्थ्यकर्मी (भिडियोसहित)

जनकपुर प्रादेशिक अस्पतालभित्रै कुटिए स्वास्थ्यकर्मी (भिडियोसहित)


काठमाडौं—जनकपुर प्रादेशिक अस्पताल परिसरभित्रै स्वास्थ्यकर्मी कुटिएका छन् । बिहीबार अपरान्ह साढे ३ बजेतिर अपरिचित समूहले अस्पतालमा कार्यरत अहेब देवेन्द्रकुमार ठाकुरलाई कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले जानकारी दिए ।

दिउँसो साढे तीन बजेतिर अस्पतालमा काम गरिरहेका ठाकुरलाई बाहिर बोलाएर ग्राउण्डमा कुटपिट गरिएको थियो । डा. यादवकाअनुसार सिसिटीभी फुटेजमा हेर्दा अनुहार नचिनिने ४—५ जना व्यक्तिको समूहले ठाकुरमाथि कुटपिट गरेको देखिन्छ ।

कुटपिटबाट ठाकुरलाई चोटपटक लागेको उनले बताए । तर, कुटपिटमा परेका ठाकुरले आफू अस्पतालमै परिसरमै कुटपिटमा परेको भनेर प्रशासनलाई कुनै जानकारी दिएका छैनन् ।

तापनि, अस्पताल प्रशासनले कुटपिट गर्नेको पहिचान गर्न र आवश्यक कारवाहीका लागि प्रहरीलाई जानकारी दिइसकेको डा. यादवले बताए । ‘सीसी क्यामरा फुटेजमा कुटपिट गर्नेहरुको अनुहार चिनिदैन्, हामीले प्रहरीलाई भनेका छौं,’ उनले भने, ‘अस्पतालभित्रै आएर यस्ता हुुलदंगा र कुटपिटका घटनाहरु निकै दुःखद् छन् ।’ उनले स्वास्थ्यकर्मी र चिकित्सकहरुको सुरक्षाका लागि नयाँ कानुन पनि लागु भएकाले यो घटनामा त्यो कानुन पनि आकर्षित हुने बताए ।

कुटपिटका व्यक्तिगत कारण हुन सक्ने बताउँदैं मेसु डा. यादवले बिरामीका कारण भने उनीमाथि कुटपिट नभएको बताए ।

यसअघि पनि अस्पतालभित्रै एक जना अस्पतालका चालकलाई कुटपिट गरिएको थियो ।




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ