२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदक्षिण–पूर्व एसियाली स्वास्थ्यमन्त्री महामारीबारे छलफलका लागि बैठक बस्दै

दक्षिण–पूर्व एसियाली स्वास्थ्यमन्त्री महामारीबारे छलफलका लागि बैठक बस्दै


काठमाडौँ – डब्ल्यूएचओ दक्षिण पूर्व एसिया क्षेत्रका सदस्य रहेका देशहरुका स्वास्थ्यमन्त्रीहरुले महामारी र स्वास्थ्य सेवाबारे छलफलका लागि बैठक बस्ने भएका छन्। विश्व स्वास्थ्य संगठन, दक्षिण पूर्व एसियाका लागि क्षेत्रीय कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अर्को साता एशिया क्षेत्रका सदस्यहरु देशहरुका स्वास्थ्य मन्त्रीहरुसहितको बैठक बस्ने जनाएको हो।

सो बैठकमा हाल चलिरहेको महामारी र विश्वव्यापी स्वास्थ्य कवरेजको लागि आवश्यक स्वास्थ्य सेवा ‘अझ राम्रो बनाउने’ आयामहरु र वर्तामान स्वास्थ्यका प्रमुख मुद्दामा छलफल हुनेछ । डब्ल्यूएचओ दक्षिण-पूर्व एसियाको ७४ औं क्षेत्रीय समिति क्षेत्रमा डब्ल्यूएचओको वार्षिक बैठक नेपालले ६ देखि १० सेप्टेम्बरसम्म आयोजना गर्दैछ।

सो बैठकमा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस, क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंह, स्वास्थ्यमन्त्रीहरु र क्षेत्रका सदस्य देशहरुका वरिष्ठ स्वास्थ्य अधिकारीहरु, संयुक्त राष्ट्रसंघ एजेन्सीहरु, साझेदारहरु, दाताहरु र नागरिक समाजका प्रतिनिधिहरु सहभागी हुनेछन्।

सार्वजनिक स्वास्थ्य आपतकालीन तयारी र प्रतिक्रिया सुदृढीकरण, रोकथाम र गैर-सरुवा रोगहरुको नियन्त्रणको लागि भैरहेको प्रयासको गति बढाउँन, र भाइरल हेपेटाइटिसको अन्त्य, एचआईभी र एसटीआई अन्य प्रमुख मुद्दाहरुहो बारेमा बैठकमा कुराकानी हुने जनाइएको छ।

विश्वव्यापी स्वास्थ्य कभरेजमा भैइरहेको गतिविधिमा निगरानी, ​​स्कूल स्वास्थ्यको पुनर्जीवन, र खोपबाट बच्न सकिने रोगहरुको लागि खोप कार्य योजनाको क्षेत्रीय रूपमा पनि छलफल गरिनेछ।

यसबाहेक बैठकमा अघिल्लो क्षेत्रीय समितिको बैठकमा गरिएको प्रस्ताबमा भैरहेको क्रियाकलापको बारेमा पनि प्रस्तुत गरिने छ। सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन, अत्यावश्यक चिकित्सा उत्पादनहरुमा पहुँच सुधार, दक्षिण पूर्व एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउनको लागी प्राथमिक स्वास्थ्य सेवा स्तरमा गैर-सरुवा रोगहरुको सेवाहरुको वितरणलाई छिटो बनाउने जस्ता कुराहरु पनि उठाइनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ