२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी प्रतिष्ठानलाई नियमित बाहेक थप आर्थिक कारोबार नगर्न सरकारको निर्देशन

विपी प्रतिष्ठानलाई नियमित बाहेक थप आर्थिक कारोबार नगर्न सरकारको निर्देशन


काठमाडौँ – सरकारले नियमित बाहेक थप आर्थिक कारोबार नगर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएको छ। नेपाल सरकार सचिवस्तरको १६ भदैको निर्णयानुसार थप आर्थिक दायित्व सृजना हुने काम नगर्न र नगराउन प्रतिष्ठानलाई निर्देशन दिइएको हो।

सरकारले शुक्रबार प्रतिष्ठानलाई पत्राचार गरी त्यहाँ देखिएको समस्यालाई समाधानका लागि अध्ययन तथा छानविन गर्न गठिक कार्यदलले पेस प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको हुँदा सो सम्बन्धमा बैठकको निर्णय नहुनेसमयसम्मका लागि दैनिक प्रशासनिक र अनिवार्य आर्थिक कार्य बाहेक अन्य आर्थिक काम नगर्न र नगराउन अनुरोध गरेको हो।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ