२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यतर्फका ३ अध्यादेश निष्क्रिय, खोपसँगै कोभिड संकट व्यवस्थापनका कार्य प्रभावित

स्वास्थ्यतर्फका ३ अध्यादेश निष्क्रिय, खोपसँगै कोभिड संकट व्यवस्थापनका कार्य प्रभावित


काठमाडौं-सरकारले संसदबाट समयमा पास नगराउँदा १० अध्यादेश निष्क्रिय भएका छन् । निष्क्रिय १० अध्यादेशमध्ये कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, औषधी (तेस्रो संशोधन) अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि गरी स्वास्थ्यतर्फका ३ अध्यादेश  रहेको छन्।

यी अध्यादेश निष्क्रिय हुँदा खोप अभियान, खरिद प्रक्रिया र कोभिड–१९ संकट व्यवस्थापन समेत प्रभावित हुने देखिएको छ। अध्यादेशअनुसार नै हाल भैरहेको कोभिड–१९ संकट व्यवस्था केन्द्रमा कामहरु अब अवरुद्ध हुने देखिएको छ ।

यस्तै यही अध्यादेशको कानुनी प्रबन्धका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ केन्द्रीय (वीर) अस्पताल समेत चलाइरहेको छ । उक्त अस्पतालको समेत काम कारवाही अगाडि बढाउन असहज भएको छ ।

यस्तै, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि पटक-पटक हुने गरेको दुर्व्यवहार र आक्रमणका गतिविधिलाई रोक्नका निम्ति लामो समयदेखि स्वास्थ्यकर्मीहरुले उठाइरहेको माग सम्वोधन गर्ने सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि पहिलो संशोधन अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश पनि संसदबाट पास हुन नसकेपछि निष्क्रिय भएको छ।

६० दिनभित्र पारित गरीसक्नुपर्ने अध्यादेशहरुको म्याद बुधबार सकिएको थियो । सो म्यादभित्रै अध्यादेशहरु पारित हुन नसकेको कारण अध्यादेशहरु निष्क्रिय भएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ