२०८३ असोज १७, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ अन्य ∕ रुसको एक विश्वविद्यालयमा अन्धाधुन्द गोली प्रहार, ८को मृत्यु

रुसको एक विश्वविद्यालयमा अन्धाधुन्द गोली प्रहार, ८को मृत्यु


रुसको पर्ममा अवस्थित एक विश्वविद्यालयमा गोली हानाहान हुँदा ८ जना विद्यार्थी मारिएका छन्। पर्म क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार पर्म स्टेट यूनिभर्सिटीमा गोली चल्दा १४ जना घाइते र ८ जना विद्यार्थीको मृत्यु भएको हो ।

अज्ञात समूहले गोली हान्न सुरु गरेपछि  विश्वविद्यालयका छात्र र कर्मचारीहरुले आफुलाई कलेजको परिसरभित्रै बन्द गरेका छन्। घटनापछि विद्यार्थीहरु झ्यालबाहिरबाट भाग्दै गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक समेत भएको छ।

हमला कसले केका लागि गरिएको भन्ने जानकारी आइनसकेको बताइएको छ ।

–एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ