२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यगर्भवती महिलालाई कोभिड खोप दिँदा नवजात शिशुलाई पनि एन्टीबडी मिल्ने

गर्भवती महिलालाई कोभिड खोप दिँदा नवजात शिशुलाई पनि एन्टीबडी मिल्ने


गर्भवती महिलालाई कोभिड विरुद्ध खोप लगाउँदा नवजात शिशुलाई पनि एन्टीबडी मिल्ने एक अध्ययनले देखाएको छ। म्यासेन्जर रिबोन्यूक्लिक एसिड (एमआरएनए)को डोज लिने महिलाको नवजात शिशुमा उच्च स्तरको एन्टीबडी मिल्ने अमेरिकन जर्नल अफ ओब्सटे  ट्रिक्स एंड गाइनोकोलोजी म्याटनरल-फीटल मेडिसिनमा बुधबार प्रकाशित जर्नलमा उल्लेख गरिएको छ।

सो अध्ययन ३६ नवजात शिशुमाथि गरिएको थियो जसको आमाले फाइजर र मोडर्नाको खोप लगाएका थिए। जसमा शत प्रतिशत सिशुमा जन्मको समयमा सुरक्षात्मक एन्टीबडी मिलेको विज्ञहरुको दाबी छ।

अनुसंधानकर्ताका अनुसार खोपको प्रभावकारिता उनीहरुको सही एन्टिबडी र रगतको प्रोटिन उत्पादन गर्ने क्षमतामा निर्भर हुन्छ जसले मानिसहरुलाई संक्रमणबाट बचाउन सक्छ। सो खोपबाट मिल्ने सुरक्षा जन्मिनु अघि शिशुसम्म पुग्छ भन्ने प्रश्न उब्जिएको छ ।

एनवाईयू लानगोनका हासेनफेल्ड बाल अस्पतालमा सहायक प्राध्यापक र अध्ययनको वरिष्ठ लेखिका जेनिफर एल लाइटरले भनिन्,’हालै नमूनाको आकार सानो छ, तर खोप लगाएका महिलाहरुजी नवजात शिशुहरुमा उच्च स्तरको एन्टिबडीहरु हुनु भनेको प्रोत्साहनजनक नै मानिन्छ।’

-एजेन्सी


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ