२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ८३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि, १२७९ संक्रमणमुक्त

नेपालमा थप ८३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि, १२७९ संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ८ सय ३४ जनामा कोभिड—१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ३४ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड—१९ संक्रमण हुनेको संख्या ७ लाख ९१ हजार ३ सय ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २ सय ७९ जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालका कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६१ हजार १ सय ५४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९ जना कोभिड—१९ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ११ हजार ९६ जनाको कोभिड—१९ को संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा अहिले देशभर १९ हजार १ सय ४२ सक्रिय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ