२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यगर्भावस्थामा पारासिटामोल प्रयोग बच्चाको विकासका लागि हानिकारक

गर्भावस्थामा पारासिटामोल प्रयोग बच्चाको विकासका लागि हानिकारक


गर्भवती हुँदा विना सल्लाह पारासिटामोल लिन नहुने विज्ञहरुले बताएका छन। विज्ञका अनुसार पारासिटामोलले गर्भमा रहेको शिशुमा नकारात्मक असर पार्ने देखिएको छ।

अन्तर्राष्टिय वैज्ञानिकको टोलीले पारासिटामोल र गर्भावस्थासँग सम्बन्धित गरेको एक अध्ययनमा गर्भावस्थामा पारासिटामोलको प्रयोगले हानि पुग्ने देखिएको उल्लेख गरेको छ। गर्भवती महिलाले चिकित्सकको सल्लाहमा मात्रै पेनक्लिर पारासिटामोल लिनुपर्ने यस अध्ययनले देखाएको हो।

९१ वैज्ञानिकको एक टोलीले आफ्नो सो अनुसन्धान पछि गर्भवती महिलाहरुलाई सचेत गराएका छन्। यसअघि भएको अनुसन्धानमा पनि आमा र सन्तानमा अटिज्म, हाइप्र एक्टिभिटी, डिसअडर, आइक्यु लेभल कम हुने जस्ता समस्या पाइएको थियो।

नेचर रिव्यू एन्ड़ोक्राइनोलोजी जर्नलमा प्रकाशित रिसर्च अनुसार दिमाग, प्रजनन र मूत्रसँग सम्बन्धित रोगका बिरामीहरुमा पारासिटामोल प्रयोगको कनेक्सन पाइएको थियो। यसलाई बुझ्नका लागि टोलीले १९९५ देखि २०२० सम्म भएका पारासिटामोल र गर्भावस्थासँग सम्बन्धित अध्ययन गरेको थियो। अध्ययन गर्ने कोपेनहेगन यूनिभर्सिटीका अनुसन्धानकर्ता डा. डेभिड क्रिस्टेनसनले गर्भावस्थामा पारासिटामोलको असरको दुईतर्फी जांच गरेको थियो। पहिला जनावरमा र अर्को गर्भवती महिलामा।

सो अध्ययनमा पारासिटामोल प्रयोग गर्ने आमाको सन्तान समयभन्दा पहिला जवान हुने, स्पर्मकाउन्ट घटाउने, प्रजनन क्षमतामा कमी आउने जस्ता केसहरु देखिएको छ। विश्वभरमा पारासिटामोलको अत्याधिक प्रयोग चिन्ताजनक रहेको रिपोर्टले देखाएको छ। यसले बालबालिकाले सोच्ने, बुझ्ने र सिक्ने क्षमता र व्यवहारमा असर पुग्ने गर्दछ।

यद्दपी, ब्रिटिस हेल्थ एजेन्सी एनएचएसले भने गर्भवतीका लागि पारासिटामोल एक सुरक्षित औषधी भएको बताउँदै आएको छ। जो आमा बन्ने महिला हुन्छिन उनलाई पेनकलिर औषधी पहिलो रोजाइ मानिन्छ। बेलायतमा करिब ५० प्रतिशत र अमेरिकामा ६५ प्रतिशत गर्भवती महिलाले गर्भावस्थामा पारासिटामोलको प्रयोग गर्ने गरेको तथ्यांक छ।

दैनिक भास्कारबाट भावानुवाद 


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य, सर्ने/नसर्ने रोग, टिप्स, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ