२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबद्रीबहादुर खड्का बागमती प्रदेशको स्वास्थ्य सचिव नियुक्त

बद्रीबहादुर खड्का बागमती प्रदेशको स्वास्थ्य सचिव नियुक्त


काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य सचिवमा बद्रीबहादुर खड्का नियुक्त भएका छन् । संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयले खड्कालाई बागमतीको स्वास्थ्य सचिव नियुक्त गरेको हो ।

खडका यसअघि जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख थिए । बागमती प्रदेशमा केही समयअघि मात्रै स्वास्थ्य मन्त्रालय गठन भएको हो ।

स्वास्थ्य मन्त्रालय गठन भएपछि स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्य सेवातर्फकै सचिव राख्ने गरी संगठन संरचना बनाइएको थियो । उनी स्वास्थ्यको ११ औं तहका कर्मचारी हुन् ।

वि.सं. २०४० साल असारमा सरकारी सेवामा प्रवेश गरेका खड्का वि.सं. २०७० फागुनमा ११ औ तहमा बढुवा भएका थिए । उनले ३७ वर्ष सरकारी सेवामा बिताइसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ