२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ११५७ जनामा कोभिड पुष्टि, ८को मृत्यु

थप ११५७ जनामा कोभिड पुष्टि, ८को मृत्यु


काठमाडौं –  देशभर थप १ हजार १ सय ५७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षण गरी थप १ हजार १ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार १ सय १३ जना संक्रमित निको  भएका छन्। भने, ८ जना संक्रमितको मृत्यु भएको छ।

देशभर १८ हजार १ सय ९३  जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ