२०८२ वैशाख ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्भिकका संस्थापक चौधरीको मुटुको सफल शल्यक्रिया

नर्भिकका संस्थापक चौधरीको मुटुको सफल शल्यक्रिया


काठमाडौँ -नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक बसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ । गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको नर्भिक इन्टरनेशनल हस्पिटलका प्रवक्ता  सोमनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरिएको हो ।

सर्जरीपछि उनलाई पोस्ट अपरेटिङ केयरमा राखिएको छ । अब २ दिन सो युनिटमा राखेर उनको डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

 केही समयअघि परिवारसँग छुट्टी मनाउन दुबई पुगेका उनको ३ दिनपछि अर्थात असोज ८ गते स्वास्थ्यमा अचानक समस्या देखिएकोले अस्पताल भर्ना भएका थिए । सो क्रममा सामान्य खालको हृदयघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावअनुसार उहाँको मंगलबार शल्यक्रिया गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ