२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. आरपी विच्छाको तीन वर्ष म्याद थप गर्न फाइल मन्त्रिपरिषदमा

डा. आरपी विच्छाको तीन वर्ष म्याद थप गर्न फाइल मन्त्रिपरिषदमा


काठमाडौं—आगामी ६ कात्तिकमा अनिवार्य अवकास पाउन लागेका स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको जागिरको सेवाअवधि थप गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रस्ताव तयार गरी प्रधानमन्त्री कार्यलयमा पठाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाको विशेष रुचिमा डा. बिच्छाको तीन वर्ष म्याद थप्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ । डा. राणाकै रुचिमा यसअघि १२ औं तहका प्रमुख विशेषज्ञलाई विभागको महानिर्देशकबाट हटाएर ११ औं तहको बरियतामा १० औं नम्बरमा रहेको डा. बिच्छालाई निमित्त महानिर्देशकमा ल्याइएको थियो ।

डा. बिच्छाको सेवाअवधि थप गर्ने प्रक्रिया अगाडि बढेको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले पुष्टि गरे । ‘उहाँको सेवा अवधि थप गर्नका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ,’ उनले भने ।

मन्त्रालय स्रोतकाअनुसार डा. बिच्छाले आफूलाई तीन वर्षका लागि निमित्त महानिर्देशक पदमा सेवा गर्न इच्छुक रहेको भन्दै सेवा अवधि थपका लागि मन्त्रालयमा निवेदन पेश गरेका थिए । उनको निवेदनअनुसार प्रशासन महाशाखाले फाइल तयार गरेर अगाडि बढाएको थियो । मन्त्रालय उच्च स्रोतकाअनुसार कानुन शाखाले भने महानिर्देशकका रुपमा सेवा अवधि थप गर्न नसकिने तर स्वास्थ्य सेवा ऐनअनुसार विशेषज्ञ सेवाका लागि भने सरकारले चाहेमा सेवाअवधि थप गर्न सक्ने राय दिएको छ ।

डा. बिच्छालाई समयावधि थपेर पुनः विभागको निमित्त महानिर्देशक नै बनाउने प्रधानमन्त्री पत्नी डा. राणाको तयारी रहेको छ । स्वास्थ्य सेवा ऐनको दफा, ४२ को उपदफा १ मा स्वास्थ्य सेवाका कर्मचारीको सेवा उमेर हद ६० वर्ष तोकिएको छ । सोही ऐनको दफा २ मा दफा १ मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारले विशेषज्ञ सेवा आवश्यक भएको आवश्यकता ठानेमा बढीमा तीन वर्ष सेवाअवधि थप्न सक्ने प्रावधान छ ।

डा. बिच्छाले महानिर्देशककै लागि जोडबल गरेतापनि कानुनले उनलाई ६ कात्तिकपछि महानिर्देशक हुने बाटो बन्द गरिदिने मन्त्रालयका अधिकारीहरु बताउँछन् । मन्त्रिपरिषद्ले उनको समय अवधि थप गरेमा बालरोग विशेषज्ञका रुपमा काम गर्न बाटो खुल्ला नै रहनेछ । नेपाल सरकारले यसअघि वीर अस्पतालका तत्कालीन निर्देशक डा. अशोकरत्न बज्राचार्यको दुई वर्ष अर्थोपेडिक सर्जनका रुपमा समायावधि थप गरेको थियो भने वीर अस्पतालकै ग्यास्ट्रो सर्जन डा. सुबोध अधिकारी पनि तीन वर्षे समयावधि थपेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ