२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१००० कोभिड-१९ संक्रमणमुक्त, १०३० नयाँ संक्रमित थपिए

१००० कोभिड-१९ संक्रमणमुक्त, १०३० नयाँ संक्रमित थपिए


काठमाडौं—नेपालमा थप १ हजार ३० जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ हजार ३० जना नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड—१९ बाट संक्रमित हुनेको संख्या ७ लाख ९० हजार ४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार जना कोभिड—१९ संक्रमित निको भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७० हजार २ सय २४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड—१९ को संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा अहिलेसम्म कोभिड—१९ संक्रमणबाट मर्नेको संख्या ११ हजार १ सय ७४ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ