२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा आयोग र केयुबीच शुल्कमा समन्वय नहुँदा बीएस्सी नर्सिङको भर्ना रोकियो

चिकित्सा शिक्षा आयोग र केयुबीच शुल्कमा समन्वय नहुँदा बीएस्सी नर्सिङको भर्ना रोकियो

एमबीबीएसतर्फका विदेशी विद्यार्थीको भर्ना शुल्कमा पनि कन्फ्युजन


काठमाडौं—चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय (केयु)बीच शुल्क सम्बन्धि समन्वय अभावमा बीएस्सी नर्सिङ र एमबीबीएसतर्फको विदेशी कोटाको भर्नामा रोकियो पुगेको छ ।

आयोगले गत माघमा बीएस्सी नर्सिङतर्फको ७ लाख ५० हजार रूपैयाँ शुल्क तोकेर विश्वविद्यालयलाई पत्राचार गरेको थियो । सोही शुल्कका आधारमा विश्वविद्यालयले विद्यार्थी भर्ना प्रक्रिया सुरु गरेको थियो ।

तर, अन्य विश्वविद्यालय र प्रतिष्ठानले बीएस्सीको १० लाख रुपैयाँ शुल्क लिने सूचना निकालेको थाहा पाएपछि केयुले चिकित्सा शिक्षा आयोगलाई शुल्कको विषयमा स्पष्ट पारिदिन पत्र पठाएको केयुको स्कुल अफ मेडिकल साइन्सका म्यानेजर दिपक दाहालले बताए ।

२८ जेठको आयोगको बैठकबाट बीएस्सी नर्सिङको शुल्क तोक्ने निर्णय गरिएको सोहीअनुसार सबै विश्वविद्यालय र प्रतिष्ठानहरुलाई पत्राचार गरिएको आयोगका प्रवक्ता समेत रहेका सदस्यसचिव डिल्लीराम लुइटेलले बताए ।

आयोगले काठमाडौं विश्वविद्यालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएसतर्फको विदेशी विद्यार्थी भर्नाका लागि तोकिएको शुल्क पनि अन्य विश्वविद्यालय र प्रतिष्ठानको भन्दा फरक पर्न गएको पाइएको छ ।

काठमाडौं विश्वविद्यालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६४ लाख रूपैयाँमा विदेशी विद्यार्थी अध्यापन गराउन भनिएको छ भने अन्य प्रतिष्ठान र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानलाई ७५ लाख रूपैयाँ बढीमा भर्ना गर्न भनिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ