२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार९६८ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १११४ जना संक्रमणमुक्त

९६८ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १११४ जना संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप ९ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ७ लाख ९८ हजार ७ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार १ सय १४ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७१ हजार ३ सय ३८ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ६ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार १ सय ८० जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ