२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआईसीयुमा ३३५ जना कोभिड-१९ संक्रमित, भेन्टिलेटरमा १२२ जनाको उपचार हुँदै

आईसीयुमा ३३५ जना कोभिड-१९ संक्रमित, भेन्टिलेटरमा १२२ जनाको उपचार हुँदै


काठमाडौं—नेपालमा १ सय २२ जना कोभिड-१९ को संक्रमणबाट गम्भीर भएका बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार देशभर अहिले कोभिड-१९ बाट गम्भीर बनेका १ सय २२ जना बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जसमा प्रदेश नं. १ मा ३९ जना, बागमती प्रदेशमा ६८ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ७ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा ५ जनाको भेन्टिलेटरमा उपचार जारी छ । प्रदेश २ मा कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन् ।

यस्तै, देशभर ३ सय ३५ जना संक्रमितको आईसीयुमा उपचार भइरहेको छ । जसमा सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ८७ जनाको आईसीयुमा उपचार हुँदैछ ।

यस्तै, प्रदेश नं. १ मा ७३ जना, प्रदेश नं. २ मा १ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना कोभिड-१९ संक्रमितको आईसीयुमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ