२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१८ वर्षमाथिका सबैलाई भेरोसेल खोप दिइँदै

१८ वर्षमाथिका सबैलाई भेरोसेल खोप दिइँदै


काठमाडौँ – १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्ध भेरोसेलको पहिलो डोज दिइँदै छ। जिल्ला स्वास्थ्य कार्यालय, ललितपुरले पालिकाले निर्धारण गरेको खोप केन्द्रहरुबाट १८ वर्षमाथिका सबै नागरिकलाई बुधबारदेखि कोभिड विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने जनाएको हो।

स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले दिएको जानकारी अनुसार चाडपर्वको समयमा भिडभाड बढ्दा कोभिड-१९ संक्रमण फैलिने सम्भावना प्रवल रहेको हुँदा यसलाई मध्यनजर गर्दै खोप अभियान सुरु गरिएको हो ।

आफुलाई नजिक हुने पालिकाले निर्धारण गरेको खोप केन्द्रमा पुगेर खोप लगाउन सकिने बताइएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ