काठमाडौँ – अबको ५ वर्षभित्र देशका सबै पालिकामा आँखा स्वास्थ्य सेवा पुर्याउने नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलस मिश्रले पन्तले बताए।
बुधबार संघले आयोजना गरेको विश्व दृष्टि दिवसको शुभारम्भ कार्यक्रममा बोल्दै संघका कार्यकारी निर्देशक डा. मिश्रले सन् २०२५ सम्ममा सबै पालिकामा आँखा स्वास्थ्य सेवा पुर्याउने लक्ष्य रहेको बताएका हुन् ।
संघले आँखाका सेवाहरू विस्तार भएता पनि आँखाको प्राथमिक उपचारमा भने अझै विस्तार हुन् बाँकी रहेको उल्लेख गर्यो। आँखा सेवालाई अझ बढी प्रभावकारी, स्तरीय सहज पहुँचयुक्त आँखा स्वास्थ्य सेवाको माध्यमबाट आँखाको रक्षा गर्ने सङ्घले प्रतिबद्दता जनाएको छ।
सङ्घले विगत ४ दशकदेखि आँखा स्वास्थ्य सेवालाई दुर्गम तथा समाजको तल्लो तहमा रहेको सर्वसाधारणसम्म सहज र सुलभ रुपमा टेवा दिन ठुलो भूमिका खेल्दै आएको जनाएको छ ।
यस्तै, नेपाल सरकारको स्वास्थ्य नीति अनुसार सरकारसँग सहकार्य गरी देशका सबै बालबालिकालाई विद्यार्थी भर्ना हुनुपुर्व अनिवार्य आँखा परीक्षण गर्ने योजना रहेको संघले जनाएको छ ।
