२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभारतबाट फर्कदैं गरेका नेपालीहरुलाई सीमा नाकामै कोभिड-१९ विरुद्धको खोप दिइदै

भारतबाट फर्कदैं गरेका नेपालीहरुलाई सीमा नाकामै कोभिड-१९ विरुद्धको खोप दिइदै

फर्कनेमध्ये ७० देखि ८० प्रतिशतले भारतमै खोप लगाएर फर्किए


नेपालगन्ज—भारतबाट नेपालगन्ज नाका हुँदै नेपाल फर्कने नेपालीहरुलाई सीमा नाकामै कोभिड—१९ विरुद्धको खोप दिन सुरु गरिएको छ ।
भारतका विभिन्न सहरमा काम गरेर दशैं मान्न घर फर्किएका नेपालीलाई नेपालगन्जको जमुनाहास्थित हेल्थ डेक्समै भेरोसेल खोप लगाएर घर पठाउन थालिएको छ ।

नेपालमा १८ वर्षभन्दा बढी उमेर समूहका ब्यक्तिहरुलाई खोप लगाइरहँदा कामको सिलसिलामा भारतमा भएका नेपाली नछुटुन भनेर सीमा नाकामै खोप लगाउन थालिएको हो ।

भारतबाट नेपाल फर्किएकामध्ये एक डोज पनि खोप नलगाएकाहरु सीमा नाकामै भेरोसेल खोप लगाएर घर जाने गरेका छन् । भारतबाट फर्केनेहरुमध्ये ७० देखि ८० प्रतिशतले भारतमै खोप लगाएका छन् ।

केहि ब्यक्तिहरुले भारतमा कोभिशिल्ड खोप एक डोज मात्रै लगाएको बताएका छन् । सीमास्थित हेल्थ हेल्थ डेक्समा कोभिशिल्ड खोप नभएकाले त्यस्ता ब्यक्तिहरुलाई कोभिशिल्ड खोप नै लगाउनु होला भनेर स्वास्थ्यकर्मीहरुले पठाउने गरेको जमुनाहा हेल्थ पोष्टका हेल्थ असिसटेन्ट राजबिर बर्नबालले बताए ।

घटस्थापनाका दिनदेखि सीमा नाकामा खोप दिन सुरु गरिएको हो । दैनिक ६० ÷७० जनाले सीमा नाकामै कोभिड—१९ विरुद्धको खोप लगाइरहेका छन् ।

आइतबार बिहानसम्म २ सय १० जनाले सीमा नाकामा खोप लगाएर सकेका छन् । भारतबाट घर फर्कने क्रममा सीमा नाकामै खोप लगाउन पाउँदा धेरै खुसी लागेको बर्दियाका ३८ वर्षीय कृष्णबहादुर कुर्मीले बताए । पहिलो डोज खोप लगाएकाहरुलाई खोप कार्ड दिने गरिएको छ । भेरोसेल खोप पहिलो डोज लगाएकोे करिब एक महिनापछि दोस्रो डोज लगाउनुपर्छ । त्यही खोप कार्ड देखाएर आफ्नो गाउँघर नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन मिल्ने ब्यवस्था मिलाइएको छ ।

भारतबाट घर फर्कदै गरेकालाई सीमा नाकामा खोपसँगै कोरोना संक्रमण भए नभएको एकीन गर्नका लागि एन्टिजेन परीक्षण गर्ने गरिएको छ । पछिल्ला दिनहरुमा दैनिक करिब ५ सय जनाको एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।

सीमा नाकामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले घर फर्किदै गरेका नेपालीहरुलाई रोकेर चेक जाँच गर्छन् । धेरै भिडभाड हुन थालेपछि सोधपुछ गरेर १० जनामध्ये २/३ जनाको परीक्षण गर्ने र अन्य ब्यक्तिलाई रिपोर्ट नआउँदासम्म पर्खाएर राखिन्छ । ५ सय जनाको टेष्ट गर्दा २ देखि ३ जनामा कोभिड संक्रमण देखिने गरेको छ । रिपोर्ट आएपछि कोभिडको संक्रमणबाट बच्ने उपायहरु बताएर घर पठाउने गरिएको हेल्थ अस्सिटेन्ट बर्नवालले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ