२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकपिलवस्तुको झाडापखाला फैलिएको क्षेत्रका ९ वटा नमुनामा ‘इ–कोली’ ब्याक्टेरिया

कपिलवस्तुको झाडापखाला फैलिएको क्षेत्रका ९ वटा नमुनामा ‘इ–कोली’ ब्याक्टेरिया


काठमाडौं—कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडा वान्ता प्रभावित क्षेत्रबाट संकलन गरिएका ९ वटा नमुनामा कोलीफर्म (इ–कोली) ब्याक्टेरिया पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का प्रमुख डा. कृष्ण पौडेलकाअनुसार उक्त क्षेत्रबाट संकलन गरिएका नमुनामध्ये ९ वटामा इ–कोली ब्याक्टेरिया पुष्टि भएको हो ।

यो ब्याक्टेरियाले झाडापखाला एवं पिसाब इन्फेक्सन गराउने स्टार अस्पतालमा फिजिसियन डा. रेशम पुनले बताए । उक्त क्षेत्रमा ७ सय ५ जना झाडापखालाका कारण बिरामी परेका थिए । त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ असोजमा औषधीसहित तीन जनाको टोली उक्त क्षेत्रमा पठाएको थियो । उक्त टोलीमा इडिसिडीका जनस्वास्थ्य अधिकृत डा. शशी कँडेलसहित एक जना विश्व स्वास्थ्य संगठनका प्रतिनिधी र एक जना जनस्वास्थ्य चिकित्सक रहेका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका इडिसिडी प्रमुख डा. पौडेलकाअनुसार ७ सय ५ जना झाडापाखालाका बिरामीमध्ये ६ सय ४५ जना निको भइसकेका छन् । यस्तै, २० जना उपचार जारी रहेको छ भने थप ४० जनाको कपिलवस्तु र बुटवलमा उपचार जारी छ । ‘सबै बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी आएको छ,’ डा. पौडेलले भने ।

समुदाय र स्थानीय पालिकाले महत्वपूर्ण सहयोग गरेका कारण केसहरु नियन्त्रणमा रहेको डा पौडेलले बताए । ‘अहिले अवस्था सुधार हुँदैं गएको छ । समुदायमा केसहरु बढेका छैनन्,’ उनले भने, ‘स्थानीय र गाउँपालिकाले राम्रो सहयोग गरिरहेका छन् ।

अहिलेसम्म झाडापखालाबाट २ वटाको मृत्यु भएको छ भने थप एक जनाको मृत्यु भएपनि उनको के कारणले हो भन्ने पुष्टि भइसकेको छैन । उनको झाडा पखालाका कारण मृत्यु भएको आशंका गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ