२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभेन्टिलेटरमा १ सय ११ जना कोभिड-१९ का गम्भीर संक्रमितको उपचार हुँदैं

भेन्टिलेटरमा १ सय ११ जना कोभिड-१९ का गम्भीर संक्रमितको उपचार हुँदैं


काठमाडौं-१ सय ११ जना कोभिड-१९ का गम्भीर संक्रमित बिरामीको विभिन्न अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबारसम्म देशका विभिन्न अस्पतालहरुमा १ सय ११ जना गम्भीर कोभिड संक्रमितको भेन्टिलेटरमा उपचार जारी रहेको छ ।

सबैभन्दा बागमती प्रदेशमा ६२ जना गम्भीर कोभिड-१९ संक्रमितको भेन्टिलेटरमा उपचार जारी रहेको छ । यस्तै, प्रदेश नं. १ मा ३७ जना, लुम्बिनी प्रदेशमा ४ जना, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २/२ जना संक्रमितको भेन्टिलेटरमा उपचार जारी छ । प्रदेश २ मा कोभिड-१९ का गम्भीर बिरामीको संख्या शुन्य रहेको छ ।

यस्तै, देशभर ३ सय १४ जना कोभिड-१९ संक्रमित विभिन्न अस्पतालका आईसीयुहरुमा उपचाररत छन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ५३ जना, प्रदेश नंं १ मा ७१ जना, लुम्बिनीमा ४४ जना, गण्डकीमा ३३ जना कोभिड-१९ संक्रमित आईसीयुमा उपचाररत छन् । यस्तै, प्रदेश नं. २ मा १ जना, कर्णालीमा ६ जना र सुदूरपश्चिमा ६ जना संक्रमितको आईसीयुमा उपचार जारी रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ