२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयार्सागुम्बा क्यान्सरको उपचारमा ४० प्रतिशत प्रभावकारी, कसरी काम गर्छ ?

यार्सागुम्बा क्यान्सरको उपचारमा ४० प्रतिशत प्रभावकारी, कसरी काम गर्छ ?


हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा क्यान्सरको उपचारमा ४० प्रतिशत प्रभावकारी रहेको पाइएको छ । यार्सागुम्बालाई वैज्ञानिक भाषामा कार्डिसेप्स साइनेसिस भनिन्छ ।

यसमा क्यान्सरसँग लड्ने र क्यान्सरयुक्त कोषिकालाई मार्ने क्षमता रहेको पाइएको छ । यो कुरा अक्सफोर्ड युनिभर्सिटी र बायोफार्म कम्पनी न्युकानाको संयुक्त अनुसन्धानमा प्रमाणित भएको हो ।

हिमालयमा पाइने यार्सा गुम्बा आधा जीव र आधा किरा हुने प्रजातिको ढुसी हो । चिनियाँ औषधी तयार गर्नमा यसलाई सयौं वर्षदेखि प्रयोग गरिदैं आइएको छ । यसलाई कैटपिलर फंगस पनि भनिन्छ । खासगरी यार्यागुम्बा नेपाल, भुटान र चीनको तिब्बतको हिमाली क्षेत्रमा पाइन्छ ।
यसमा कार्डिसेप्सीन र एडिनोसिन केमिकल पाइन्छ ।

कार्डिसेप्सीन केमिकल नै यार्सागुम्बा सबैभन्दा ठूलो विशेषता हो । यही कारण यार्सागुम्बालाई चिनियाँ चिकित्सा पद्धतिमा मेडिसिनल मसरुमको दर्जा दिइएको छ ।

कसरी काम गर्छ क्यान्सरमा ?

यार्सागुम्बाबाट वैज्ञानिकहरुले यस्तो औषधी विकसित गरेका छन् कि जसको प्रयोग किमियोथेरापी ड्रगका रुपमा गरिनेछ । औषधीको नाम NUC-7738 राखिएको छ । अनुसन्धानको दौरान यार्सागुम्बामा एन्ट्री क्यान्सर ड्रग्सको विशेषता पाइएको छ, जसमा क्यान्सरलाई परास्त गर्ने क्षमता छ । यो क्यान्सर कोषिकालाई मार्न मद्धत गर्छ र ४० प्रतिशतसम्म प्रभावकारी छ ।

अनुसन्धानकर्ताहरुकाअनुसार यार्सागुम्बामा पाइने केमिकल कार्डिसेप्सीन शरीरमा गएर रगतमा घुल्न थाल्छ । यो ADA नामको इज्यामको सहयोगबाट टुक्रिन्छ । त्यसपछि यो क्यान्सर भएको कोषिकासम्म पुगेर आफ्नो असर देखाउन थाल्छ ।

प्रारम्भिक क्लिनिकल ट्रायलमा यो कुरा प्रमाणित भइसकेको छ ।

क्लिनिक क्यान्सर रिसर्च जर्नलमा प्रकाशित भएको अनुसन्धानअनुसार फर्मा कम्पनी न्यूकासा यो औषधीको प्रयोग NUC-7738 नामबाट गरिरहेको छ । क्लिनिकल ट्रायल फेज—१ नतिजा प्रभावकारी रहेको पाइएको छ ।

क्लिनिकल ट्रायल फेज—२ को तयारी भइरहेको छ । चाडै ठूलो स्तरमा यसको अघिल्लो चरणको ट्रायल हुनेछ ।

एजेन्सीको सहयोगमा 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ