२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार७९२ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ९१० जना संक्रमणमुक्त

७९२ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ९१० जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ७ सय ९२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ९ सय ९२ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख ३ हजार ५ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय १० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा ७ लाख ७७ हजार ७ सय ४१ जनाले कोभिड संक्रमण जितेका छन् । नेपालमा कोभिड-१९ निको हुने दर ९६.८ प्रतिशत रहेको छ ।

स्वसथ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १४ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ५७ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ